site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एकदिवसीय मान्यता पाउन पपुवा न्युगिनीमाथि जित अनिवार्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेटको लागि दक्षिण अफ्रिकी भूमि जिम्बाबे प्रस्थान गर्दै गर्दा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सुपर सिक्समा पुग्ने लक्ष्य लिएको थियो । तर, छनोटमा नेपालले सोचेजस्तो प्रदर्शन गर्न सकेन  ।  

आईसीसीको टेष्ट र एक दिवसीय मान्यता राष्ट्र रहेको छनोटको समूह चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।  अन्तिम खेलमा हङकङलाई पराजित गर्नु नै नेपालको लागि सफलता रह्यो ।

समूह चरणमा लगातार तीन खेलमा पराजय बेहोरेपछि नेपालले सोमबार हङकङलाई ५ विकेटले पराजित गरेको थियो । त्यसअघि समूह बिको नेपाल पहिलो खेलमा टेष्ट नेशन राष्ट्र जिम्बावेसँग ११६ रन,दोस्रो खेलमा स्कटल्याण्डसँग ४ विकेट र तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

छनोटमा नेपालको समूहबाट जिम्बावे,अफगानिस्तान र स्कटल्याण्डले सुपर सिक्समा स्थान पक्का गर्यो ।  यस्तै समूह ए बाट वेष्ट इण्डिज, आयरल्याण्ड र युएईले सुपर सिक्समा स्थान बनाउदै विश्वकप खेल्ने सपना कायम राख्न सफल भयो । 

यता, खराब प्रदर्शनकै कारण नेपालको सुपर सिक्स पुग्ने सपना समाप्त भएको थियो ।  पाँच टिममध्ये ३ टोलीले सुपर सिक्समा स्थान बनाउने समूह चरणमा नेपाल चौथो स्थानमा रह्यो । चौथो स्थानमा रहेर प्ले अफमा पुगेसँगै नेपालको एकदिवसीय विश्वकप खेल्ने सपना पुन केहि बर्ष पछाडी धकेलियो । 

Global Ime bank

तर, यो विश्वकप छनोटबाट नेपाली क्रिकेटले थप एक मौका भने पाएको छ । त्यो हो, अन्तर्राष्ट्रिय क्रिकेट परिसद ९आईसीसी० को एकदिवसीय राष्ट्रको मान्यता पाउने अवसर । आईसीसीबाट एकदिवसीय  क्रिकेटको मान्यता पाए नेपाली क्रिकेटको लागि ठुलो फड्को हुनेछ । त्यसलाई पुरा  गर्न नेपालले अब प्लेअफमा उत्कृष्ट खेल प्रदर्शन गर्नु पर्ने हुन्छ ।

एकदिवसीय मान्यता पाउने राष्ट्रले आईसीसीको वरियतामा रहनुको साथै  ठुला  प्रतियोगिताहरु खेल्ने मौका  पाउने छ । यस्तै आईसीसीबाट आउने आर्थिक सहायतामा वृद्धि हुनेछ ।

आईसीसीले यो छनोटबाट तीन उत्कृष्ट एसोसियट राष्ट्रलाई ४ बर्षको लागि अस्थाई  एकदिवसीय मान्यता दिने बताईसकेको छ । छनोटबाट एसोसियटमा दुई राष्ट्र युएई र स्कटल्याण्ड सुपर सिक्समा पुगिसकेको छ । सुपर सिक्समा पुगेसँगै युएई र स्कटल्याण्डले एकदिवसीय मान्यता पाउने पक्का छ ।

अब छनोटबाट एक टोलीले मात्र एकदिवसीय मान्यता पाउने छन् । यस्तोमा नेपाल, पपुवा न्युगिनी, हङकङ र नेदरल्याण्डले प्ले अफ खेल्दैछ । प्ले अफ खेल्नेमध्ये नेदरल्याण्डको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको बिजेताको हैसियतले सन् २०२० सम्म एकदिवसीय मान्यता रहिरहने छ । त्यसैले अब नेपाल, पपुवा न्युगिनी र हङकङमध्ये एक टोलीले मात्र एकदिवसीय मान्यता पाउने छन् ।

विश्वकप छनोटको सुपर सिक्स र प्ले अफको खेल बिहिबारबाट सुरु हुनेछ ।  सुपर सिक्सको शीर्ष दुई टोलीले सन् २०१९ को विश्वकपमा स्थान बनाउने छन् । प्लेअफमा पुगेको चार मध्ये दुई टोली शीर्ष डिभिजनमा रहिरहने छ । पुछारको दुई टोली भने रेलिगेसन हुँदै डिभिजन – २ मा झर्ने छन्  ।

नेपालले प्लेअफमा बिहिबार पपुवा न्युगिनीसँग खेल्दै छ । समूह बि को चौथो भएको नेपालले समूह ए को पाँचौ स्थानको पपुवा न्युगिनीसँग खेल्न लागेको हो । बिहिबार नै अर्को प्लेअफमा हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुँदै छ ।

नेपालले हरारेले पपुवा न्युगिनीसँग बिहिबार अपरान्ह १ बजेपछि खेल्नेछ ।  र, यो खेल नेपालको लागि निकै महत्वपूर्ण छ । यो खेल नेपालसँगै पपुवा न्युगिनीलाई समेत महत्वपूर्ण रहेको  छ । दुवै टोली प्लेअफमा जित निकाल्दै एकदिवसीय मान्यता पाउने लक्ष्यमा हुनेछ ।

सुपर सिक्समा पुग्न नसकेको नेपालले अब एकदिवसीय मान्यता पाउन पपुवा न्युगिनीलाई हराउनै पर्ने हुन्छ । यदी पराजित भएमा नेपालको एकदिवसीय मान्यता पाउने सपना सकिने छ । यस्तै पपुवा न्युगिनीलाई समेत एकदिवसीय मान्यताको लागि नेपालमाथी जित अनिवार्य छ । 

विश्वकप  छनोटको समूह चरणमा  पपुवा न्युगिनी लयभन्दा बाहिर देखिएको छ । पपुवा न्युगिनीले समूह चरणको सबै खेल गुमाएको छ । त्यसैले नेपालले पपुवा न्युगिनीविरुद्ध फाइदा लिन सक्नु पर्नेछ ।  तर,पछिल्लो तथ्यांक हेर्दा पपुवा न्युगिनीविरुद्ध नेपालले सम्झन लायक प्रदर्शन गर्न सकेको छैन ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको  पछिल्ला दुई खेल नेपालले पपुवा न्युगिनीलाई सुम्पिएको थियो । नेपालले पपुवा न्युगिनीसँग पछिल्लो समय दुई बर्षअघि च्याम्पियनसिप अन्तर्गतको दोस्रो चरणको खेलमा प्रतिस्पर्धा गरेको थियो । अबुधाबीमा भएको पहिलो खेलमा नेपाल पपुवा न्युगिनीसँग २ विकेट र दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो ।

प्ले अफमा पपुवा न्युगिनीलाई पराजित गरे नेपाल सातौं स्थानको लागि हुने प्ले अफमा पुग्ने छ । यस्तोमा अर्को खेलमा नतिजा नेपालको पक्षमा आए नेपालले ऐतिहासिक उपलब्धि पाउने छ ।  नेपालले पपुवा न्युगिनीलाई पराजित गर्यो र  अर्को प्लेअफमा नेदरल्याण्डले हङकङलाई पराजित गरेमा नेपालले सातौँ स्थानको खेल नखेली एकदिवसीय मान्यता पाउने छ ।

यस्तै नेपालले पपुवा न्युगिनीलाई हराएपनि अर्को खेलमा हङकङले नेदरल्याण्डलाई पराजित गरेमा एकदिवसीय मान्यता पाउने राष्ट्रको तय सातौं स्थानको लागि हुने खेलले तय गर्ने छ । सातौं स्थानको लागि हुने प्ले अफको बिजेताले एकदिवसीय राष्ट्रको मान्यता पाउने छ ।

यदी नेपाल पपुवा न्युगिनीसँग पराजित भएमा नेदरल्याण्डले पनि हङकङलाई हराएमा पपुवा न्युगिनीले एकदिवसीय मान्यता पाउनेछ।  नवौ स्थानको लागि प्ले अफ खेल्ने दुई टोली रेलिगेसन हुँदै डिभिजन–२ मा झर्ने छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC