site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रहेनन् प्रेरणाका स्रोत स्टेफन हकिङ
Sarbottam CementSarbottam Cement

काठमाडौं । अन्तरिक्षसम्बन्धी विभिन्न रहस्य पत्ता लगाउन सफल बेलायतका वैज्ञानिक स्टेफन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । यसबारेमा उनको परिवारले जानकारी गराएको बताइएको छ । विशेषगरी ब्ल्याक होल र रिलेटिभीटीका बारेमा धेरै सिद्धान्त प्रस्तुत गरिसकेका हकिङ २२ वर्षको उमेरमा नै गम्भीर रोगको शिकार बनेका थिए ।

दुर्लभ मोटोर न्युरोनसम्बन्धी रोगका कारण हकिङलाई त्यसबेला केवल २ वर्षको समयमात्र दिइएको थियो । तर पनि उनले जीवनका लािग नियमित लडाइँ लडिरहे र अन्तिम समयसम्म पनि हार नमानेको उनको परिवारको भनाइ छ । गम्भीर रोगका बावजुद जीवनभर आफूले जतिसक्दो साधारण जीवन जिउने प्रयास गरेको बताउने हकिङले आफ्नो काम र अनुसन्धानबाट कहिल्यै पन्छिने काम गरेनन् । ह्विलचेयरको सहारामा बाँच्न बाध्य रहेका हकिङ बहादुरीका लागि विश्वभर प्रेरणाका पात्र रहँदै आएका छन् ।

सन् १९९८ मा १ करोडभन्दा बढी कपी बिक्री भएको उनको किताब ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ त्यस समयको सर्वाधिक चर्चित किताब बन्न पुगेको थियो । दुईपटक विवाह गरिसकेका हकिङका तीन छोराछोरी लुसी, टिम र रोबर्टले यस खबरप्रति दुःख व्यक्त गर्दै उनी आफ्नो समयका एक अत्यन्तै उत्कृष्ट वैज्ञानिक र असाधारण व्यक्तित्व भएकाले मानिसहरुले उनका सम्पूर्ण कामलाई कैयौँ वर्षसम्म याद राखिराख्ने बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मेसिनको सहायताले बोल्ने हकिङले जस्तोसुकै परिस्थितिमा पनि कडा मेहनत र नियमित प्रयास गर्न नछाडेको उनीहरुले बताए । सन् २०१४ मा उनको जीवनमा आधारित फिल्म समेत निर्माण गरिएको थियो । 

हकिङबारेका केही तथ्य

Global Ime bank

हकिङले नोबेल पुरस्कार पाएनन्।

शारीरिक रूपमा अशक्त भए पनि यौन प्यास मेटाउने उनको इच्छाशक्ति प्रबल थियो। उनी सेक्स क्लबमा गइरहन्थे। 

स्कुले जीवनमा हकिङ नजान्ने विद्यार्थीमा गनिन्थे ।

स्कुल पढ्दाताका उनी घरको भित्तेघडी र रेडियो खोलखाल पार्न रुचाउँथे, तर त्यसलाई जोडेर पूर्वावस्थामा ल्याउन आउँदैनथ्यो ।

सबैभन्दा बढी अध्ययन उनले ब्ल्याक होलबारे गरेका थिए। 

२२ वर्षको उमेरमै उनलार्इ स्नायुसम्बन्धी रोग लागेको थियो । 

हकिङले दुई पटक बिहे गरे तर, उनको दुवै विवाह असफल भयो। 

उनको आत्मसंस्मरण ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ बेस्ट सेलर पुस्तक हो। 

स्पिच जेनरेटिङ डिभाइसको सहायताले उनी प्रतिमिनेट १५ शब्द बोल्न सक्थे।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC