site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

ओस्लो, नर्वे (रासस/सिन्ह्वा) । नर्वेमा हरेक १० जना गर्भवती महिलामध्ये आठजनामा आयोडिनको अत्यधिक मात्रामा कमी रहने गरेको नयाँ अनुसन्धानले बताएको नर्वेको अफनपोस्टन पत्रिकाले सोमबार प्रकाशित अङ्कमा उल्लेख गरेको छ ।

आयोडिनको कमी भएका गर्भवती महिलाबाट जन्मेका बालबालिकामा पनि आयोडिनको कमी हुने र उनीहरूले लेख्न र पढ्न कठिन हुने गर्छ ।

Agni Group

शरीरमा चाहिने आयोडिनको आवश्यकताबारे नागरिकमा प्रशस्त जानकारी नहुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

“लाग्न सक्छ खानपानको अवस्था राम्रो भएजस्तो लाग्नसक्छ तर हाम्रो अध्ययनले गर्भवती तथा स्तनपान गराउने नर्वेली महिलामा आयोडिनको कमी भएको हामीले पायौँ,” ओस्लो मेट्रोपोलिटन यूनिभर्सिटीका अनुसन्धानकर्ता सिगरन हेन्जमले भने । 
हेन्जमको टोलीले गर्भवती तथा स्तनपान गराउने महिलामा आयोडिनको मात्राका बारेमा सन् २०१६ मा अध्ययन शुरु गरेको बताए ।
यो एकदम चिन्तजनक छ सरकारले यस बिषयमा थप ध्यान पु¥याउन जरूरी रहेको उनले बताए ।
ओस्लो र आकेरशस क्षेत्रका १७५ जना स्तनपान गराउने महिला र ८०० गर्भवती महिलामा अध्ययन गरिएको प्रतिवेदनले उक्त तथ्य बाहिर ल्याएको हो । “आयोडिन गर्भमा रहँदा भ्रुण तथा जन्मपछि बालबालिकामा मस्तिस्क बढ्न र विकास हुन चाहिने थाइराइड हर्मोनको उत्पादनका लागि आवश्यक खनिज भएको र शरीरमा प्रशस्त आयोडिनको उपस्थितिले मस्तिस्कको आवश्यक विकासमा मद्दत पुग्ने गर्छ,” हेन्जमले बताए ।

Global Ime bank

विगत १० बर्षमा गरिएका कैयाँै अध्ययनले आयोडिनको कमी भएका महिलाबाट जन्मेका वा त्यस्ता महिलाले स्तनपान गराउने नाबालकमा पढ्ने र लेख्ने क्षमतामा कमी पाइने बताएका उनले बताए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्तनपान गर्ने तथा गर्भवती महिला दुवैले प्रतिदिन २५० मिलिग्राम आयोडिन खानामार्फत लिनुपर्ने सिफारिस गरेको छ । तर नर्वेले यो निर्देशनलाई पालना नगर्ने गरेको बताइन्छ ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC