काठमाडौं । कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” क्याम्पेनको दोस्रो हप्ताको ४ जना भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । ‘कोक खाम्, रसिया जाम्’ अफर अन्तर्गत कोकाकोलाका उपभोक्ताले यस्तो मौका प्राप्त गर्नेछन् । यस योजना अन्तर्गत भाग्यशाली उपभोक्ताले सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।
यस योजना अन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले रसिया पुगेर सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । त्यसको लागी हरेक हप्ता ४ जना बिजेताको नाम लक्की ड्रमार्फत छनोट हुनेछ भने २ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्नेछन् ।
गतसाता रसिया टुर र टेलिभिजन जित्ने बिजेताहरुको नाम घोषणा गरिएको थियो । दोस्रो हप्ताको बिजेताहरुमा महेश राई, ओमनाथ श्रेष्ठ, राजिब प्रधान र आशिष मान सिँग रहेका छन् ।
यी ४ जनाले पहिलेका ५ जना बिजेतासंँगै विश्वकप २०१८ प्रत्यक्ष हर्न जानेछन् ।