site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोमा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
Sarbottam CementSarbottam Cement

एजेन्सी ।  इटालियन सिरी ए क्लब रोमा युईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा युक्रेनी क्लब शाख्तर डोनेस्कलाई १ – ० ले हराउदै समग्रमा अवे गोलको आधारमा जित निकाल्दै रोमा च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो ।

शाख्तरको घरेलु मैदानमा भएको पहिलो लेगमा रोमा २ – १ ले पराजित भएको थियो । तर, घरेलु मैदानमा भएको दोस्रो लेगमा रोमाले १ – ० को जित निकालेपछि समग्रमा खेल २ – २ को बराबरी हुँदा अवे गोलमा रोमाले क्वाटरफाइनल यात्रा तय गर्यो ।  पहिलो लेगमा सुरुवाती अग्रता जोगाउन नसक्दा रोमा पराजित भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

घरेलु मैदानमा भएको दोस्रो लेगमा रोमालाई जित दिलाउन एडिन डेज्कोले निर्णायक गोल गरे । १० खेलाडीमा सिमित शाख्तरविरुद्ध डेज्कोले ५२ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।  खेलको ७९ औं मिनेटमा इभान ओर्डिकले रातो कार्ड पाएपछि शाख्तर १० खेलाडीमा समेटिएको थियो ।

यो सँगै रोमाले करिब ११ बर्षपछि पहिलोपटक च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको हो । यसअघि रोमाले सन् २००८ को सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलको यात्रा तय गरेका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  ०७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC