site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । इंग्लिश क्लब म्यानचेस्टर युनाइटेड युईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब सेभियासँग २ – १ ले पराजित हुँदै युनाइटेड प्रतियोगिताबाट बाहिरिएको हो ।

युनाइटेडको घरेलु मैदानमा भएको दोस्रो लेगमा विसाम बेन यडर चम्कदा सेभियाले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको हो । सेभियाको जितमा दुवै गोल यडरले गरेका थिए । युनाइटेडका रोमेरो लुकाकुले एक गोल फर्काए । यो जितसँगै सेभियाले समग्रमा २ – १ को जितसहित च्याम्पियन्स लिगमा नकआउट चरणमा स्थान बनाएको हो । सेभियाको मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।

ओल्ड ट्राफोर्डमा बल पोजिसनमा पकड जमाएपनि युनाइटेड सेभियासँग स्तब्ध बनेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७४ औं मिनेटमा यडरले गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाए । त्यसको चार मिनेट पछि ७८ औं मिनेटमा यडरले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २ – ० को अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा लुकाकुले एक गोल फर्काएपनि युनाइटेडको हार टार्न सकेनन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  ०७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC