site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
शी जिनपिङ : एक किसान कसरी पुगे सत्ताको शिखरमा ?
Sarbottam CementSarbottam Cement

बीबीसी । चीनले आफ्नो राष्ट्रपतिको सीमित कार्यकालवाला प्रावधानलाई हटाइदिएको छ ।  यो प्रावधानसँगै वर्तमान राष्ट्रपति शी जिनपिंग जीवनभरका लागि चीनको राष्ट्रपति बन्न सक्ने भएका छन् ।  

आइतबार नेशनल्स पीपल्स कांग्रेसको बार्षिक बैठकमा यससम्बन्धी प्रस्तावलाई  पारित गरिएको छ । यो प्रस्तावलाई चीनको नेशनल्स पीपल्स कांग्रेसमा भारी समर्थन प्राप्त भएको थियो ।
यसको समर्थनमा २ हजार ९ सय ६४ मत र विपक्षमा दुई भोट मात्रै परेको थियो भने मतदानमा ३ जना मतदाता मात्रै अनुपस्थित रहेका थिए ।  

चीनमा १९९० को दशकदेखि यो नियम थियो कि कुनैपनि व्यक्ति राष्ट्रपतिको रुपमा अधिकतम दुई कार्यकालका लागि मात्र चुनिन सक्छ । तर शी जिनपिंगले  गतबर्षको अक्टूबरमा भएको कम्युनिस्ट पार्टीको सम्मेलनमा सम्भावित उत्तराधिकारी पेश गर्ने परम्परालाई तोडेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले राजनीतिक ताकत आफ्नो साथमा राख्ने विचारका अनुसार यो परम्परा तोडेका थिए । सत्ताधारी कम्युनिस्ट पार्टीले जिनपिंगको विचारधारालाई संविधानमा समावेश गर्ने फैसला गरेको थियो । संविधानमा उनलाई चीनका प्रथम कम्युनिस्ट नेता तथा संस्थापक माओत्सेतुंगसँग बराबर दर्जा दिइएको थियो । 

जिनपिंग को यात्रा 

Global Ime bank

२१ औं शताब्दिमा यस्ता धेरै कम नेता छन् जो गुफामा बसे, खेतमा मेहनेत गरे, अनि सत्ताको शिखरमा पनि पुगे ।   पाँचदशक पहिले जब चीनमा सांस्कृतिक क्रान्तिको तूफÞान आएको थियो, त्यो बेला  १५ वर्षका किशोर शी जिनपिंगले कठिनतापूर्ण जिन्दगीको शुरुवात गरेका थिए ।  

चीनको अंदरूनी इलाका जहाँ चारैतिर अग्ला पहाड तथा नहर तथा जंगली भूभाग थियो त्यहीँबा शुरु भएको थियो जिनपिंङको लडाई ।  जुन इलाकामा जिनपिंगले किसानी कामको शुरुआत गरेका थिए त्यतिबेला त्यो स्थाने कम्युनिस्टको गढ़ इलाका मानिन्थ्यो । 

येनानका बासिन्दा आफ्नो इलाकालाई चीनको लालक्रान्तिको पवित्रभूमि भन्ने गर्दथे ।   बिशेष कुरा यो छ कि चीनका धेरै विकट इलाकाहरु तिव्रताका साथ शहरीकरण भईरहेका छन् जबकी राष्ट्रपति शीको गाउँलाई जस्ताको त्यस्तै राखिएको छ ।  कम्युनिस्ट पार्टीका भक्तका लागि यो एक तीर्थस्थल मानिन्छ ।  

जमीनसँगको नाता
१९६८ मा अध्यक्ष अध्यक्ष माओले लाखौं युवालाई शहर छोडेर गाउँ जान आदेश जारी गरेका थिए । जहाँ उनीहरु जिन्दगीको दुखलाई सामना गरुन् र अगाडि बढ्ने पाठ किसान् र मजदुरहरुबाट सिकुन् । शी जिनपिंगको भनाई छ कि त्यो अनुभवबाट उनले पनि धेरै सिके ।
शी मान्दछन् कि आज उनी जे छन् त्यो त्यहि किसानी जीवनको फलित अवस्था हो ।  जिनपिंग प्रायः भन्ने गर्दछन्, “म पहेँलो माटोमा हुर्किएको छोरा हुँ,  मैले आफ्नो दिल लियांगजिआहेमा छोडिदिएको थिए । त्यहि भूमिले मलाई बनाएको हो ।” ती दिनमा हरेकजसो ब्यक्तिले अध्यक्ष माओको प्रसिद्ध किताब पढ्ने गर्दथे ।

अनुभव
जिनपिंगको कहानीको केन्द्र उनले गुफामा बिताएको शुरुआती जीवनलाई मानिन्छ जहाँ उनी राजनीतिबाट अलग बनाईएका थिए । 
जिनपिंग भन्छन्, “जसको सत्ता अनुभव कम छ, उनीहरु यसलाई नयाँ तथा खानदानी अनुभव मान्दछन् तर म यो पर्दाभन्दा पर धेरै गहिराईमा राजनीतिलाई देखेको छु ।”

https://www.bbc.com/hindi/international-43365031

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC