site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रिय महिला भलिबलमा एपीएफको लगातार दोस्रो जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुल्ला महिला भलिबलमा आयोजक एपीएफले लगातार दोस्रो जित निकालेको छ  ।

हल्चोकस्थित एपीएफको भलिबल कोर्टमा मंगलबार भएको दोस्रो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई पराजित गर्दै एपीएफले लगातार दोस्रो जित दर्ता गरेको हो ।  एपीएफले ढोरपाटनलाई २५–८, २५–५ र २५–९ को सेटमा पराजित गर्यो  । एपीएफले सोमबार नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार नै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१०, २५–१८ र २५–१५ को सोझो सेटमा पराजित गरेको छ । लिगकम नकआउटको आधारमा जारी प्रतियोगितामा ६ महिला भलिबल क्लबले सहभागिता जनाएका छन् ।

एपीएफ क्लबको आयोजनामा जारी चौधौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टनतर्फको महिला एकलमा फाइनलमा त्रिभुवन आर्मीका नङ्सलादेवी तामाङ र आर्मीकै रसिला महर्जनले प्रतिस्पर्धा गर्ने भएकी छिन् ।  सेमीफाइनल नङ्सलादेवीले एपीएफका शोभा गौचनलाई २१–१२ र २१– १३ ले पराजित गर्दा रसिलाले  झापाका जेसिका गुरुङ्गलाई २१–१३ र २१– १७ ले हराइन ।

Global Ime bank

व्याडमिन्टनकै पुरुष एकलतर्फ त्रिभुवन आर्मीका रत्नजित तामाङले  आर्मीकै प्रफुल्ल महर्जनलाई २१–११ र २१– ८,  दार्चुलाका प्रिन्स दाहालले भोजपुरका बिकास श्रेष्ठलाई २१–१८ र २१– १८ , आर्मीका नविन श्रेष्ठले एपीएफका साजनकृष्ण ताम्राकारलाई २१–१९ र २१– १२ ले तथा एपीएफका दिपेश धामीले एपीएफकै विजित थापामगरलाई २१–१९ र २१– ११ ले पराजित गर्दै  सेमीफाइनलमा स्थान पक्का गरेका छन् का छन् ।

यस्तै  दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता  पुरुष एकलतर्फको क्वार्टरफाइनल खेलमा ललितपुरका सन्तोष खत्रीले पोखराका अनिल शाहीलाई ६–३ र ६–० ले र ललितपुरका जितेन्द्र परियारले नेपाल पुलिस क्लवका कमल भण्डारीलाई १–६, ६–१ र ७–५ ले हराउदै सेमिफाइनलमा स्थान बनाएका छन् । त्यस्तै  बुटवलका विकाश खड्का रिटायर्डहर्ट हुँदा पोखराका प्रदिप खड्काले र  ललितपुरका प्रणव खनालले काठमाडौंका मानबहादुर कटुवाललाई ६–१ र ६–१ ले पराजित गरी सेमीफाइनलमा स्थान पक्का गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC