site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शी जिनपिंगः किसानदेखि सत्ताको शिखरसम्म
Ghorahi CementGhorahi Cement

काठमाडौं । चीनले आफ्नो राष्ट्रपतिको सीमित कार्यकालवाला प्रावधानलाई हटाइदिएको छ । यो प्रावधानसँगै वर्तमान राष्ट्रपति शी जिनपिंग जीवनभरका लागि चीनको राष्ट्रपति बन्न सक्ने भएका छन् ।  

आइतबार नेशनल्स पीपल्स कांग्रेसको वार्षिक बैठकमा यससम्बन्धी प्रस्तावलाई  पारित गरिएको छ । यो प्रस्तावलाई चीनको नेशनल्स पीपल्स कांग्रेसमा भारी समर्थन मिलेको छ । यसको समर्थनमा २ हजार ९ सय ६४ मत र विपक्षमा दुई भोटमात्रै परेको थियो भने मतदानमा ३ जना मतदातामात्रै अनुपस्थित रहेका थिए ।  
चीनमा १९९० को दशकदेखि यो नियम थियो कि कुनै पनि व्यक्ति राष्ट्रपतिको रुपमा अधिकतम दुई कार्यकालका लागि मात्र चुनिन सक्छ । तर शी जिनपिंगले  गत

वर्षको अक्टोबरमा भएको कम्युनिस्ट पार्टीको सम्मेलनमा सम्भावित उत्तराधिकारी पेश गर्ने परम्परालाई तोडेका थिए । 
उनले राजनीतिक ताकत आफ्नो साथमा राख्ने विचारका अनुसार यो परम्परा तोडेका थिए । सत्ताधारी कम्युनिस्ट पार्टीले जिनपिंगको विचारधारालाई संविधानमा समावेश गर्ने फैसला गरेको थियो । संविधानमा उनलाई चीनका प्रथम कम्युनिस्ट नेता तथा संस्थापक माओत्से तुंगसँग बराबर दर्जा दिइएको थियो । 

Agni Group

जिनपिंगको यात्रा 
२१ औं शताब्दिमा यस्ता धेरै कम नेता छन् जो गुफामा बसे, खेतमा मेहनत गरे, अनि सत्ताको शिखरमा पनि पुगे ।  
पाँच दशकपहिले जब चीनमा सांस्कृतिक क्रान्तिको तूÞफान आएको थियो, त्यो बेला  १५ बर्षका किशोर शी जिनपिंगले देहातमा कठिनपूर्ण जिन्दगीको शुरुवात गरेका थिए ।  

जुन इलाकामा जिनपिंगले किसानी कामको शुरुआत गरेका थिए, त्यतिबेला त्यो स्थान कम्युनिस्टको गढ इलाका मानिन्थ्यो । 
येनानका बासिन्दा आफ्नो इलाकालाई चीनको लाल क्रान्तिको पवित्र भूमि भन्ने गर्दथे । चीनको सत्तारूढ़ कम्युनिस्ट पार्टीले राष्ट्रपतिको कार्यकालमा लागेको सीमालाई हटाउने प्रस्ताव राखेको छ ।  

Global Ime bank

यो यस्तो कदम हो, जसले वर्तमान नेता शी जिनपिंगलाई सत्तामा राखिराख्नेछ ।  चीनको राजनीतिमा  यसलाई  एक निर्णायक घडीको रुपमा हेरिएको छ । जिनपिंङ यस्तो देशको नेतृत्व गरिरहेका छन् जो विश्वमा सुपरपावरका रुपमा अगाडि बढिरहेको छ । 

तर चीन यस्तो देश हो जो यो कुरामा कडा निगरानी राख्दछ कि उसको नेतालाई कसरी लिइएको छ । 
चीनका धेरै विकट इलाकाहरु तिव्रताका साथ शहरीकरण भइरहेका छन्, जबकी राष्ट्रपति शीको गाउँलाई जस्ताको तस्तै राखिएको छ । कम्युनिस्ट पार्टीका भक्तका लागि यो एक तीर्थस्थल मानिन्छ ।  

जमीनसँगको नाता
१९६८ मा अध्यक्ष माओले लाखौं युवालाई शहर छोडेर गाउँ जान आदेश जारी गरेका थिए । जहाँ उनीहरु जिन्दगीको मुश्किलालाई सामना गरुन् र अगाडि बढ्ने पाठ किसान र मजदुरहरुबाट सिकुन् । शी जिनपिंगको भनाइ छ कि त्यो अनुभवबाट उनले पनि धेरै सिके ।

शी मान्दछन् कि आज उनी जे छन् त्यो त्यही किसानी जीवनको फलित अवस्था हो । जिनपिंग प्राय भन्ने गर्दछन्, “म पहेलो माटोमा हुर्किएको छोरा हुँ,  मैले आफ्नो दिल लियांगजिआहेमा  छोडिदिएको थिएँ । त्यही भूमिले मलाई बनाएको हो ।”ती दिनमा हरेकजसो व्यक्तिले अध्यक्ष माओको प्रसिद्ध किताब पढ्ने गर्दथे । 
राष्ट्रपतिको भूमिकामा आफ्नो पहिलो पाँच वर्षे कार्यकाल शी जिनपिंगले एक महान् व्यक्तिको भूमिका निभाएका छन् । 

उनी आफैं एक यस्तो व्यक्ति हुन् जो प्रायः गरिबहरुकाकोमा जाने र उनीहरुसँग बातचित गर्ने गर्दछन् । 
उनी प्रायः छात्रहरुलाई भन्ने गर्दछन् कि जिन्दगी एक एक बटनबाला कमीजजस्तै हो, जसको शुरूको बटन सही तरिकाले लगाउनुपर्छ अन्यथा सबै बटन गलत ढङ्गले लगाइन्छन् । उनी कैयौंपल्ट खानाको लाइनमा उभिएका छन् भने आफ्नो खानाको बिल आफैं भुक्तानी गर्ने गरेका छन् । 

अनुभव
जिनपिंगको कहानीको केन्द्र उनले गुफामा बिताएको शुरुआती जीवनलाई मानिन्छ, जहाँ उनी राजनीतिबाट अलग बनाइएका थिए । 
जिनपिंग भन्छन्, “जसको सत्ता अनुभव कम छ, उनीहरु यसलाई नयाँ तथा खानदानी अनुभव मान्दछन् तर म यो पर्दाभन्दा पर धेरै गहिराइमा राजनीतिलाई देखेको छु । म फूलको माला र तालीको गडगडाहटभन्दा परबाट हेर्दछु ।”

जवानीमा नै शी जिनपिंगले दुबै खालको जिन्दगीको अनुभव गरिसकेका थिए । उनका पिता पनि कम्युनिस्ट क्रान्तिका नायक थिए । यस्तोमा शीले एक राजकुमारको जस्तो जिन्दगीको अनुभवसमेत गरेका थिए ।  

२००९ को एक अमेरिकी केवलका अनुसार शीका एक नजिकका साथीले बताएका थिए कि उनको शुरुवाती दश वर्षले नै उनलाई  सक्षम बनाउन मद्दत गरेको थियो । यसपछि कम्युनिस्ट क्रान्तिका बेला जब उनी किसानका बीचमा थिए, त्यो अनुभवले पनि अगाडिको जिन्दगीमा गहिरो प्रभाव पारेको थियो ।  

खतराको सामना

साठीको दशकमा अध्यक्ष माओले आफ्नै पार्टीका नेताहरुमाथि गरेको अत्याचार उनले सहनुपर्यो । पहिले त उनका पितालाई पार्टीबाट निष्कासन गरियो, फेरि उनलाई जेल पठाइयो । शीको परिवारमा संकट बढेकै बेला उनकी बहिनीको मृत्यु भयो । भनिन्छ, उनले आत्महत्या गरेकी थिइन् ।  
१३ वर्षको उमेरमा शी जिनपिंगको पढाइ बन्द भएको थियो किनकी त्यतिबेला बेजिङ्गका सबै स्कुल बन्द गराइएका थिए । विद्यालय बन्द गर्नुको कारण थियो, विद्यार्थीहरु आफ्ना अध्यापकको निन्दा गर्न सकुन्, उनीहरुलाई मारपिट गर्न सकुन् । 

परिवार तथा साथीहरुभन्दा बाहेक शी जिनपिंग कैयौं दिनसम्म माओको रेड गार्ड्सबाट लुकी लुकी हिँडेका थिए । शी जिनपिंगले भनेका छन्, “म मात्रै १४ बर्षको थिएँ, रेड गार्ड्सले मलाई सोधे– “तैंले आफ्नो अपराधलाई कत्तिको गम्भिर मान्छस् ? मैंले भनें– तिमी आफै अनुमान गर, के यो मलाई मार्नुपर्ने अपराध गरेको छु ?”  रेड गार्ड्सले भने– हामी तँलाई सयौंपटक मार्न सक्छौ ।” 

पढाइको शौख
साठीको दशकमा गाउँको जिन्दगी निकै कठिन थियो । बिजुली थिएन भने गाउँमा जाने बाटोहरु पनि राम्रा थिएनन् । खेतीका लागि मेसिन थिएन । त्यतिबेला शीले मल बोक्ने, बाँध बनाउने तथा सडक मर्मतको काम गर्दथे ।  

उनी गुफामा बस्दथे, त्यहाँ उनी इँटाको विस्तरामा तीन जना अरु साथीहरुसँग सुत्ने गर्दथे । त्यतिबेला खानाको लागि वनका जडीबुटी तथा तरकारीहरु हुन्थे ।  

उनका एक किसान साथी लू होउशेंगले भनेका छन्– भोक लाग्दा उनी केही हेर्दैनथे कि खानामा के छ ।  
रातमा शी जिनपिंग आफ्नो गुफामा टुकीको उज्यालोमा पढ्ने गर्दथे र चुरोट धेरै पिउने गर्थे । उनी प्रायः माओको भाषण तथा अखबार पढ्ने गर्दथे किनकी पढ्नको लागि त्यो बाहेक उपलब्ध थिएन ।  

शीको महत्वाकांक्षा
शीको साथी लूले बताएअनुसार शी धेरै गम्भिर रहन्थे । न त उनका दिलचस्पी केटी साथी थिए । १८ वर्षको उमेरमा उनी राजनीतिक यात्रा सुरु गर्नको लागि तयार थिए । उनी कम्युनिस्ट यूथ लीगमा समावेश भए । २१ वर्षको उमेरमा उनी कम्युनिस्ट पार्टीको सदस्य बने ।  

जब उनका साथीहरु खेल्न लाग्थे, उनी काम गर्थे । कम्युनिस्ट क्रान्तिपछि उनी कट्टर कम्युनिस्ट बनेका थिए । जब शी २५ का थिए, उनका पिता पुनः पार्टीमा प्रवेश गरेका थिए ।  पिताको सहयोगले शी जिनपिंगले आफ्नो राजनीतिक यात्रालाई तिव्रता दिए । बिस्तारै पार्टीमा उनका साथीको संख्या पनि बढ्दै गयो ।   
सत्तरीको दशकमा उनी चीनको सेनामा समावेश भएका थिए । उनले कम्युनिस्ट पार्टीको उच्च तहमा पुग्ने निश्चय गरेका थिए 

जिनपिंगको व्यक्तित्व
शी आफैमा व्यस्त रहनेखाले व्यक्ति हुन् । उनी धेरै अन्तर्मुखी थिए । शायद यसै कारणले उनको पहिलो विवाह सफल भएन । शीले जब पेंग लियुआनसँग विवाह गरे, त्यतिबेला पेंग एक प्रसिद्ध गायिका थिइन् ।  ४०–५० को उमेरमा एक उच्च नेता भएपछि पनि उनी कामलाई मात्रै ध्यान दिन्थे ।  

कसैलाई थिएन अनुमान
अमेरिकामा शी जिनपिंग १९८५ मा केही दिन एलेनोर ड्वोरचाकको घरमा बसेका थिए । जब २०१२ मा जिनपिंग आएका थिए, एलेनोरले भने– कसैलाई यो अनुमानसम्म पनि थिएन कि उनको घरमा आएका ती व्यक्ति कुनैदिन राष्ट्रपति बन्नेछन् ।  

२०१२ मा शी जिनपिंग चीनको कम्युनिस्ट पार्टीका नेता बने । उनी कम्युनिस्ट पार्टीको धेरै खेमाको आम सहमतिबाट चुनिएका नेता थिए । तर कसैलाई पनि यो अनुमान थिएन कि अर्को पाँच वर्षमा यो व्यक्ति कुन उचाइमा पुग्नेछ ।  

सरकारमा फैसला 
सरकारको खर्च रोक्नको लागि शी जिनपिंगले ठूला ठूला भोज आयोजना गर्न रोक लगाए । जब शी जिनपिंग सत्तामा आएका थिए– उनले जनताको साथ स्पष्ट सरकार बनाउने बचन दिएका थिए । शीले भ्रष्टाचारविरुद्ध कडा कारबाहीको  भरोसा दिएका थिए । उनी सानाठूला सबै भ्रष्ट नेतालाई पाठ सिकाउन चाहन्थे ।  

शी जिनपिंगले स्पष्ट भनेका थिए कि जो पैसा कमाउन चाहन्छन् उनीहरु कम्युनिस्ट पार्टीमा नआउन् । तर पार्टीका करिब ९ करोड कार्यकर्ता धेरैजसो त पैसा नै कमाउन चाहन्थे । धेरै कोसिसका बाबजुद पनि पार्टीका नेताको आचरणमा आमूल परिवर्तन हुन सकेको छैन । भ्रष्टाचारको आरोपमा शी जिनपिंगले धेरै नेताहरुलाई पार्टीबाट हटाएका पनि छन् ।  

इन्टरनेटमा नियन्त्रण
चीनमा इन्टरनेटमा कडा निगरानी राखिँदै आएको छ । यसको विरोध पनि भएको छ । चीनमा ७५ करोड मानिसले इन्टरनेटको प्रयोग गर्ने गरेका छन् । इन्टरनेट प्रयोग गरिए पनि गूगल तथा सामाजिक सञ्जालहरुमा त्यहाँ प्रतिबन्ध लगाइएको छ ।  

शी जिनपिंग चाहन्छन् कि चीन एक धनी मुलुक बनोस् । देश एकजुट र मजबूत बनोस् । देशमा मात्रै एक पार्टीको राज होस् । अध्यक्ष माओपछि यस्तो पहिलोपटक देखिएको छ कि चीनको भविष्य अहिले पूर्णरुपमा शी जिनपिंगमा निर्भर छ । 

(बीबीसी हिन्दीबाट)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC