site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपति चयनका लागि मतदान सकियो, १८ सांसद अनुपस्थित
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति चयनका लागि संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सम्पन्न भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भएको थियो । 

मुलुकमा तेस्रो पटक हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा छन् ।  गणतन्त्र नेपालले डा रामवरण यादव र  भण्डारीलाई राष्ट्रपतिका रुपमा पाइसकेको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट भएको हो । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् ९प्रतिनिधिसभा, राष्ट्रियसभा० का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता कायम गरिएकोमा प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १३ सांसद अनुपस्थित भएका थिए । 

प्रतिनिधिसभा सदस्यहरू डा.बाबुराम भट्टराई, रेशम चाैधरी, प्रेम सुवाल, रमेशप्रसाद यादव र जितेन्द्रनारायण देव तथा प्रदेशसभा सदस्यहरू सुरेन्द्र गाेसाई, हरिसरण अाचार्य, हिमबहादुर शाही, सिर्जना सयजु, दिन पन्त, धनमाया पाेखरेल लामा, कृण्णबहादुर चाैधरी, प्रलाद गिरी शोभा शाक्य, प्रेमबहादुर तामाङ, विराजभक्त श्रेष्ठ, रमेश पाैडेल र मनिषकुमार सुमन मतदानमा सहभागी भएनन् । कुल ५३६ मत खसेकाे निर्वाचन अायोगले जनाएको छ ।

Global Ime bank

राष्ट्रपति मुलुकको राष्ट्राध्यक्षका रुपमा रहने तथा पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको अवधि हुने संवैधानिक व्यवस्था छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC