साहित्य
काठमाडौं । चलचित्र ‘तिमी सँग’ को ट्रेलर सार्वजनिक भएको छ । चैत २३ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेनको मुख्य भूमिकामा छन् ।
चलचित्र निर्देशन, लेखन र निर्माण पनि शिशिर राणाले गरेका हुन् । चलचित्र ‘तिमी सँग’ काठमाडौं, पोखरा, घोरेपानी, काडापानी, घान्द्रुक, देउराली, पुनहिल, अन्नपूर्ण बेसक्याम्प, नवलपारसीलगायतका क्षेत्रमा छायांकन गरिएको छ ।
त्रिकोणत्मक प्रेमकथामा आधारित चलचित्र सम्बाद सुमन उप्रेतीले लेखेका हुन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४ १३:५८
प्रतिक्रिया दिनुहोस्