site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुजुकीको लिमिटेड एडिक्सन सिलेरियो एक्स नेपाली बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालका लागि सुजुकी फोर ह्विलर्सको आधिकारिक वितरक तथा सिजी होल्डिङ्गको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले अत्यन्त निर्भिक देखिने स्र्पोटी र ट्रेन्डी सिलेरियो एक्स बजारमा ल्याएको छ ।

सिलेरियो एक्स स्पोर्टस्मा एरोडाइनामिक शैली अनि अग्रभागको वरिपरि एक्स थीममा आधारित ग्राफिक्स, गाडीको दायाँ–बायाँ भाग, पछाडिको बम्पर, स्किड प्लेटमा राखिएको सुरक्षात्मक आवरणले गाडी अत्यन्त प्रभावशाली भएको सहजै महसुस हुने कम्पनीको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ग्रिल, फोग गार्निस, क्लाड, रुफ गार्निस एण्ड इन्टेरियरमा लगाएको अत्यन्त चमकदार कालो आवरणले सुरुवातमै गाडी अत्यन्त स्टाइलिस देखिन्छ । नदेखिने बि–पिलर यसको अर्को विशेषता हो ।

सिलेरियोले आफूलाई पूर्ण फेमिली कारको रुपमा नेपाली बजारमा स्थापित गरेको सिजी मोटोकर्पको भनाइ छ । सिलेरियो एक्ससँगै सुजुकीले अत्यन्त रुचाइएको यो मोडल, नेपाली बजारको चाहना अनुरुप अझ स्टाइलिस अनि स्र्पोटि बनाउँदै लग्ने लक्ष्य राखेको छ ।

सिलेरियो एक्स ओरेन्ज रंगमा उपलब्ध छ । यो रंगले युवा जोश र स्र्पोटिनेस झल्काउने बताइन्छ । ग्राहकले यो गाडी अन्य रंग आर्कटिक ह्वाइट, ग्लिसनिङ ग्रे, क्याफिन ब्राउन र टर्क ब्ल्युमध्येबाट पनि रोज्न सक्ने कम्पनीले जानकारी दिएको छ । 

Global Ime bank

सम्पूर्ण कालो इन्टेरियरमा सेतो रंगको परिष्वृmत समायोजनले गाडीको इन्टेरियर अझ स्र्पोटी देखिन्छ । यसमा इन्टेरियर र एक्सटेरियरको सुक्ष्म तर बेजोडको रंग सम्मिश्रण झल्किन्छ । 
सिलेरियो एक्स नेपालमा डुयल एयर ब्याग र आन्टिलक ब्रेकिङ सिस्टमको साथमा उपलब्ध छ । सिटबेल्टको प्रयोगलाई सुनिश्चित गर्दै यात्रा थप सुरक्षित बनाउन यसमा ड्राइभरको साइडमा सिट बेल्ट रिमाइन्डरको व्यवस्था गरिएको छ । अडियो माउन्टेड कन्ट्रोलसहितको म्युजिक सिस्टम, किलेस इन्ट्री, ड्राइभरको सिटको उचाइ घटबढलगायतका विभिन्न

आरामदायी बन्दोवस्तीले गाडीको यात्रा रमाइलो अनि आरामदायी बनाउने कम्पनीले विश्वास व्यक्त गरेको छ । शक्तिशाली के नेक्सट इन्जिनयुक्त यो गाडीले अत्यधिक २३.१ प्रतिकिमी माइलेज दिने दाबी गरिएको छ । यो गाडीको सुरुवाती मूल्य २६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC