site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपति चयनका लागि मतदान सुरू
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा १० बजेदेखि मतदान सुरु भएको हो ।

संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ । मुलुकमा तेस्रो पटक हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा छन् ।  गणतन्त्र नेपालले डा रामवरण यादव र  भण्डारीलाई राष्ट्रपतिका रुपमा पाइसकेको छ ।  

राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा, राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता कायम गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति मुलुकको राष्ट्राध्यक्षका रुपमा रहने तथा पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको अवधि हुने संवैधानिक व्यवस्था छ । 

मतदान सकिएलगत्तै मतगणना गरी परिणाम सार्वजनिक गरिने भएको छ । राष्ट्रपतिमा निर्वाचित हुन कुल मतदाताको कम्तीमा ५० प्रतिशत बढी मत प्राप्त गर्नुपर्नेछ । 

Global Ime bank

राष्ट्रपतिको निर्वाचन संघीय तथा प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था संविधानमा रहेको छ । संघीय संसद्का ३३४ सदस्य रहेका छन् ।

प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ गरी ३३४ सदस्य रहेका छन् भने प्रदेशसभाका जम्मा ५५० सदस्य रहेका छन् । त्यसमध्ये चारजनाले मतदान गर्न पाउनेछैनन् ।
जम्मा ८८० जनाले मतदान गर्न सक्नेछन् । संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ रहेको छ । 

दुवैको मतभार जम्मा ५२ हजार ५०१ रहेको छ । विजयी हुनका लागि कम्तिमा २६ हजार २५१ मत प्राप्त गर्नुपर्नेछ ।

नेपालको संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने व्यवस्था छ । आयोगले मतदातालाई आफू सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रमध्ये कुनै एउटा कागज बोकेर मतदानका लागि आउन अनुरोध  गरेको छ ।

यसैबीच नयाँ शक्ति र साझा विवेकशील पार्टीले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।  प्रमुख दल वा तीनका गठवन्धनले दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रपति, उपराष्ट्रपति पदमा राष्ट्रिय व्यक्तित्वलाई अघि सार्नुको सट्टा आफ्नो दल र त्यसभित्र पनि निश्चित गुटको सन्तुलनलाई ध्यान दिई उमेदवार तय गर्ने परिपाटी विकसित भएको बताउँदै विवेकशील साझाले अहिले दलहरुले अघि सारेका राष्ट्रपतिको उमेदवारहरुलाई हेर्दा जो सुकै विजयी भएपनि दलीय प्रभावबाट मुक्त रही कार्यसम्पादन गर्ने सम्भावना अत्यन्तै न्यून देखिएको जनाएको छ । त्यसैले विवेकशील साझा पार्टी, संसदीय दलले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  १०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC