site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

जलालावाद । अफगानिस्तानको जलालावादमा आइतबार राति तालिबानहरुले कम्तीमा पनि सात जना सर्वसाधारणको हत्या गरेका छन् । 

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा उनीहरुले रकेट लन्चरबाट एक घरमा आक्रमण गरी ती सर्वसाधारणको हत्या गरेका बताइएको छ । 

नान्गाहार प्रान्तको प्रान्तीय सरकारले दिएको जानकारीअनुसार आइतबार राति तालिबानले गरेको सो आक्रमणमा परी एकै घरका तीन जना बालबालिका र दुई महिलासहित सात जनाको हत्या गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस घटनाको बारेमा थप जानकारी प्राप्त भएको छैन । के कति कारणले उनीहरुले यसरी राति घरमा हमला गरेर ती सर्वसाधारणको हत्या गरेका हुन् भन्ने बारेमा पनि केही नखुलेको अधिकारीहरुले जनाएका छन् । 

पन्ध्रजना तालिबान लडाकू मारिए 

Global Ime bank

उता प्राप्त अर्को एक समाचारमा अफगानिस्तानको हेलमान्ड प्रान्तमा अफगान सुरक्षा निकायहरुले गरेको हवाई कारबाहीमा परी कम्तीमा पनि १५ जना तालिबान लडाकू मारिएका छन् । 

त्यस कारबाहीका क्रममा अरु १२ जना घाइते भएका अफगानिस्तानको रक्षामन्त्रालयले सोमबार जारी गरेको एक वक्तव्यमा जानकारी दिइएको छ । 

अफगान र अमेरिकी सेनाको हवाई सुरक्षा बलको सहयोगमा अफगान राष्ट्रिय सेनाले गरेको सुरक्षा कारबाहीमा परी हेलमान्ड प्रान्तको नाहरी सर्राजमा ती लडाकू मारिएका बताइएको छ । 

त्यसैगरी सोही प्रान्तको छिमेकीमा पर्ने ग्रेस्क जिल्लामा गएको शुक्रबार पनि तालिबानका विरुद्धमा कारबाही भएको र त्यसमा परी १४ जनाको मृत्यु भएको थियो । 

रक्षा मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार सो क्षेत्रमा केही दिनयता निरन्तर रुपमा कारबाही जारी रहेको छ । सो कारबाहीका क्रममा अरु पनि कैयौँ सुरक्षाकर्मी र तालिबान मारिएका थिए । 

गतवर्ष मात्र ३ हजार ४३० को मृत्यु 

यसैगरी प्राप्त अर्को एक समाचारअनुसार तालिबानहरुको हिंसाका कारण गएको वर्ष अर्थात सन् २०१७ मा मात्र कम्तीमा पनि तीन हजार ४३० जनाको ज्यान गएको छ । 

गत वर्षको उक्त कारबाहीका क्रममा सात हजार जना भन्दा बढी घाइते भएका छन् । 

त्यस वर्ष मारिनेमा ६५ प्रतिशत गैरसैनिक नागरिक र बढीमा २० प्रतिशत सुरक्षाकर्मीको रहेका अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  ०३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC