site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
\'विपरीत दिशाबाट अवतरण गर्न खोज्दा दुर्घटना\'
Ghorahi CementGhorahi Cement

काठमाडौं । पाइलटले विपरीत दिशाबाट अवतरण गर्न खोज्दा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको जहाज दुर्घटना भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।

“पाइलटलाई टावरले दक्षिणतर्फबाट अवतरण गर्न अनुमति दिँदा उत्तरतर्फबाट अवतरण गर्छु भनेर उत्तरतर्फ लाग्नुभयो,” पत्रकारसँग कुरा गर्दै क्षेत्रीले भने, “टावरले केही समस्या भए/नभएको सोध्दा उहाँले कुनै समस्या नभएको बताउनुभयो । उत्तरतिरबाट अवतरण गर्न खोज्दा दुर्घटनामा परेको देखिन्छ ।”

Agni Group

विमान दुर्घटनामा ४४ जनाको मृत्यु भएको छ । उद्धारमा सक्रिय प्रहरीका अनुसार १४ यात्रुलाई जीवितै उद्धार गरिएको छ । विमानस्थलमा रहेका एसएसपी पूर्णचन्द्र जोशीका अनुसार विमानस्थलमा ३५ र अस्पताल लगिएका ९ जनाको मृत्यु भएको छ ।

घाइतेहरूको नर्भिक, केएमसी, सिभिललगायतका अस्पतालमा उपचार भइरहेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०७४  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC