site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुर्घटनाग्रस्त जहाज क्षतविक्षत, ठूलो संख्यामा हताहति (भिडियोसहित) 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बंगलादेशबाट काठमाडौं आउँदै गरेको यूएस बंगलाको विमान काठमाडौंस्थित त्रिभूवन विमानस्थलमा दुर्घटनामा परेको छ ।

अवतरणका क्रममा जहाज चिप्लिएर दुर्घटनामा परेको हो । उद्धारमा खटिएका प्रहरीका अनुसार करिब १४ जनाको जिवितै उद्धार गरिएको छ । 

विमानस्थलमा रहेका एसएसपी पूर्णचन्द्र जोशीका अनुसार दुर्घटनामा ३० जनाको मृत्यु भएको छ । २४ जना विमानस्थलमा र बाँकीको उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

घाइते केहीको अस्पतालमा उपचार भइरहेको छ भने उपचारमा रहेकाहरुको पनि अवस्था चिन्ताजनक रहेको छ ।

जहाज अवतरणका क्रममा दुर्घटनामा परेको प्रहरीले जानकारी गराएको छ । प्रहरीका अनुसार उक्त जहाजमा चालकदलका सदस्यसहित ७१ जना यात्रु सवार थिए ।

Global Ime bank

त्रिभूवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार ६७ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए । 

तीमध्ये दुर्घटनामा परेर घाइते भएका १३ जनाको उद्धार गरी उपचारका लागि काठमाडौं मोडल अस्पताल, नर्भिक लगायतका अस्पतालमा लगिएको छ ।

“दुर्घटनामा परेको जहाजका केही भाग काटेर घाइतेको उद्धार जारी राखिएको छ,” ठाकुरले बाह्रखरीसँग कुरा गर्दै भने, “कति क्षति भयो भन्ने ऐकिन अझै भइसकेको छैन । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले उद्धार जारी राखेको छ ।”

भिडियो : सुरज दाहाल 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०७४  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC