site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बैंकर्स एशोसियसनद्वारा एनआईसी एसिया बैंकलाई एक्ल्याउँदै, सम्बन्ध विच्छेदको घोषणा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनआईसी बैंकले मुद्धति निक्षेपको नयाँ योजना ल्याएसँगै बैंक र नेपाल बैंकर्स एसोसिएसनबीच ठूलो विवाद देखिएको छ । 

बैंकले ल्याएको नयाँ मुद्धती निक्षेप योजनामा १२ प्रतिशत ब्याज दिने भएसँगै संघले वित्तीय जोखिम निम्त्याउने भन्दै बैंकसँग सम्बन्ध विच्छेदको घोषणा गरेको थियो ।

यतिबेला ब्याजदरको विषयमा भएको विवाद समाधानतर्फ उन्मुख भएको बताईएको भए पनि बैंकर्स संघले एनआईसी एसिया बैंकसँग सम्बन्ध विच्छेद गर्ने निष्कर्ष निकालेको छ । आइतबार भएको अनौपचारिक बैठकमा पनि यस्तो सहमति भएको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर तोकिएको ब्याजदर तत्काल फिर्ता नहुने बैंकको अडान रहेको छ । यता ब्याजदर प्रकरणले बजारमा नराम्रो सन्देश गएकाले मिडियामा एकअर्कारिुद्ध अभिव्यक्ति दिएर अफवाह नफैलाई वार्तामा बसेर समाधान खोज्ने सहमति बैंकर्स संघसँग भएको एनआईसी एसियाका सहायक प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले बताए । 

बाह्रखरीसँग कुरा गर्दै उनले भने, “बैंकिङ उद्योग लाखौंको चासो र संलग्नता भएकाले समस्या समाधान गर्न नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानालाई नै भेटेर वार्ताबाट यो विषय टुंग्याउने पहल गरेका छौं ।” 

Global Ime bank

उनले अध्यक्ष ढुंगानासँग यसरी दोषारोपण गर्ने तथा खुट्टा तान्ने प्रवृत्ति स्वस्थ प्रतिस्पर्धा नभएकोले विकल्प खोज्ने कुरा भएको जानकारी दिए ।

यद्यपि तोकिएको ब्याजदर भने तत्काल फिर्ता नहुने बैंकले जनाएको छ । बैंकका प्रवक्तासमेत रहेका पाण्डेले भने, “बढाईएको ब्याजदर तत्काल फिर्ता गर्दैनौं । उहाँहरुले पनि कारबाही यथास्थितिमा कायम राख्नुहुनेछ । बैंक यही अवस्था स्वीकार गर्ने सोचमा छ ।”

आइतबार बसेको संघको बैठकले एनआईसी एसिया बैंकलाई अन्तरबैंक कारोबारमा सहभागी नगराउन संघले गरेको निर्णय समर्थन गरेको बैठकमा सहभागी एक बैंकरले बताए । उनका अनुसार एनआईसी बैंकले वार्तामा जाने तथा समस्या समाधान गर्ने बताएको जानकारी दिए ।

नाम उल्लेख नगर्ने सर्तमा उनले भने ,“सहमतिका लागि ठोस निश्कर्षमा नपुगेसम्म यसअघि गरिएको निर्णय जारी रहनेछ ।” 

यसअघि एनआईसी एसिया बैंकले साधारण बचतमा १० र मुद्धती बचतमा १२ प्रतिशत ब्याज दिने भनी गरेको निर्णयले आफूहरुबीचको भद्र सहमति तोडिएको भन्दै संघले एनआईसीलाई अन्य वाणिज्य बंैकसँगको अन्तरबैंक कारोबारमा सहभागी नगराउने निर्णय गरेको थियो ।

यता ब्याजदरको विषयमा मतभेद भएपछि संघ र बैंकबीचको द्वन्द्वले वित्तीय क्षेत्रलाई थप जोखिममा तान्ने जानकारहरुले बताएका छन् । 

यसविषयमा बैंकले लगानीयोग्य पुँजीको कमी भएको बेलामा निक्षेपकर्तालाई बढी ब्याज दिइ आकर्षित गर्ने बजारको अभ्यासअनुसार आफूहरुले ब्याज बताएको बताएको छ । 
तर संघ भने एनआईसीले यस्तो कदम चाल्दा वित्तीय जोखिम बढ्ने बताउँदै आएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०७४  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC