site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्री ओलीले लिए संसद्मा विश्वासको मत, पक्षमा २०८  
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभासमक्ष विश्वासको मत लिएका छन् । संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री चयन भएका ओलीले सोही धाराको उपधारा (४) बमोजिम विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्री ओलीको प्रस्ताव बहुमतले पारित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरेका थिए ।  प्रतिनिधिसभामा आइतबार भएको मतविभाजनका आधारमा उनले विश्वासको मत लिएका हुन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको पक्षमा  २०८ मत प्राप्त भएको थियो भने विपक्षमा ६० मत प्राप्त भएको थियो । संसदको आइतबारको बैठकमा २६८ सदस्यको उपस्थिति रहेको थियो ।

Agni Group

पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, स्वतन्त्र लगायतका राजनीतिक दलका सांसदले मतदान गरेका छन् ।

प्रतिनिधिसभामा नेकपा एमालेको १२१, माओवादी केन्द्रको ५३, राजपाको १६, संघीय समाजवादी फोरम नेपालको १६, राजमोको १, राप्रपाको १, स्वतन्त्र १ रहेका छन् ।

Global Ime bank

विपक्षमा नेपाली कांग्रेस रहेको छ । नेपाली कांग्रेसको जम्मा ६३ सिट रहेको छ भने नयाँ शक्ति पार्टीका सांसद बाबुराम भट्टराई देशबाहिर रहेका छन् । संसद्मा अहिले २७५ सदस्य रहेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिन १३८ सांसद् आवश्यक पर्दथ्यो । 

‘घरमा खान दिने बेलामा सोध्नेछन् केपी ओलीलाई भोट किन दिनुभएन ?’

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शंका नगर्न आग्रह गरेका छन् ।

उनले आफू देश बनाउन आएको उल्लेख गर्दै समस्याको समाधान पनि गरेरै छाड्ने बताए । विभिन्न दलका नेताले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

“समयको सीमा हुन्छ । अवधीको सीमा । सामथ्र्यको सीमा हुन्छ, मेरा पनि सीमा छन्,” उनले भने, “केही सांसदहरुले मलाई भोट दिनुहुन्नहोला तर तपाईँ बाहिर निस्कँदा ड्राइभरले सोध्लान् केपी ओलीलाई भोट दिनुभएन ? भनेर सोध्लान् । घरमा खाना खान दिने बेलामा केपी ओलीलाई भोट दिनुभएन ? भनेर पनि सोध्नेछन् । भोट नदिए पनि चिन्ता नलिनुस् देश बन्छ ढुक्क भएर निदाउनुहोला ।”

कांग्रेसप्रति केही आक्रामक देखिएका प्रधानमन्त्री ओलीले संविधान अपरिवर्तनीय दस्तावेज नभएको बताए ।

“संविधान अपरिवर्तनीय दस्तावेज होइन । सुन्ने र प्रचार गर्नेले कुनै पनि हालतमा गर्दिनँ भन्यो होला,” उनले भने, “संविधान अपरिवर्तनीय दस्तावेज होइन । दुनियाभर जहाँ पनि संविधान संशोधन हुन सक्छ । समयको मागअनुसार संविधान संशोधन हुन्छ ।”

उनले दुई तिहाइ दम्भका लागि नभएर देश एकजुट छ भन्ने सन्देश दिनका लागि भएको बताए ।

“दुई तिहाइ दम्भका लागि होइन । देश एकजुट छ भन्ने सन्देश दिनका लागि हो । सही र सकारात्मक उद्देश्यका लागि हो,” ओलीले भने । 

केपी ओलीलाई गगन थापाको प्रश्न– दुई तिहाई किन ? 
 

यसैबीच नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाइको नियत स्पष्ट पार्न आग्रह गरेका छन् ।

उनले अघिल्लो संसद्मा संविधान संशोधनलाई ‘राष्ट्रघात’ मान्ने व्यक्तिले नै अहिले दुई तिहाइका लागि संविधान संशोधनका लागि हस्ताक्षर गर्न तयार रहेको बताए ।

“संविधान संशोधनको कुरा उच्चारण गर्दै गर्दा यो राष्ट्रघात हो भनेको कुरा हामी अहिले सम्झन्छौं,” थापाले संघीय संसद्को बैठकमा भने, “तर आज त्यही संविधान संशोधनका विषयमा माथापच्छि गरेर हस्ताक्षर गर्न मात्रै बाँकी छ । केका लागि त भन्दा दुई तिहाइका लागि ।”

“दुई तिहाइको मोहको कारण के हो ?,” उनको प्रश्न थियो, “प्रष्ट बहुमत हुँदाहुँदै पनि दुई तिहाइको नियत के हो ? प्रधानमन्त्रीज्यु लि क्वान यु को ठुलो प्रशंसक हुनुुहुन्छ रे ? नेपालको विकास नहुनुमा वलियो राजनेता नहुनु हो भन्नुहुन्छ रे । त्यस्तो बलियो नेता त्यस्तो बलियो नेता राजा महेन्द्र, ज्ञानेन्द्र मुलुकले बेहोरेको होइन ?”

उनले बलियो व्यक्ति फेरि पनि खोजे दुर्घटना निम्तिने बताउँदै अब मुलुकलाई परिणाम दिनैपर्ने बताए ।

“राजाको कारणले भएन भन्यौ फाल्यौं, संविधान भएन भन्यौं संविधान बनायौं । स्थिर सरकार भन्यौं त्यो पनि भयो,” उनले भने, “शक्तिशाली प्रधानमन्त्रीले नगरे कसले गर्ने ?”

उनले अब प्रधानमन्त्रीलाई पहिलेजस्तै जे पनि बोल्न छुट नहुने चेतावनी दिए ।

“अब तपाईँ एमालेको अध्यक्ष मात्रै होइन, प्रधानमन्त्री हो, अब जे पनि बोल्न पाइँदैन,” उनले भने,“ अब प्रत्येक विषयको हिसाब  किताव कांग्रेसले माग्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०७४  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC