Skip Advt.

साहित्य र कला

नेपालमा अन्तर्राष्ट्रिस्तरको कमेडी रियालिटी शो हुने 

नेपालमा अन्तर्राष्ट्रिस्तरको कमेडी रियालिटी शो हुने 

काठमाडौं । नेपालमा अन्तर्रा्ष्ट्रियस्तरको हास्य व्यंग्यात्मक रियलिटी शो कमेडी किङ्ग हुने भएको छ । अनलाईन टेलिभिजन टिभी अन्नपूर्णले बुधबार पत्रकार सम्मेलन गरी हास्यव्यंग्यात्मक रियालिटी शो कमेडी किङ्ग गर्न लागेको जानकारी गराएको हो । 

कमेडी किङ्ग नेपाली अनलाईन टेलिभिजनको सहकार्यमा निर्माण  तथा प्रसारण हुनेछ । वैशाखदेखि देशभरबाट आवेदन संकलन गरी प्रतिस्पर्धात्मक रियलिटी शो कमेडी किङ्गको आयोजना गर्न लागेको कार्यक्रम संयोजक सुन्दर पुनले जानकारी दिए ।

देशभरका झण्डै ४० हजार सहभागी हुने अपेक्षासहित गर्न लागिएको रियालिटि शोमार्फत कमेडी किङ्ग बन्ने प्रतियोगीले निशानको सब्सीडरी बजेट कार ड्याटसन रेडी गो सहित नगद पुरस्कार  पाउनेछन । त्यसैगरी दोस्रो र तेस्रो हुने प्रतियोगीलाई दुबई, कतार लगायत यूरोप भ्रमणको प्याकेज सहित क्रमश १० लाख र ५ लाख नगद पुरस्कार प्रदान गर्ने कार्यकारी निर्देशक राजकुमार बिष्टले जानकारी गराए ।

पछिल्ला वर्षमा हास्यव्यंग्यको क्षेत्रमा नयाँ कलाकारको उपस्थिति घटेकोले नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना हुन लागेको टिभी अन्नपूर्णका अध्यक्ष राजु सुवेदीले पत्रकार सम्मेलनमा बताए ।

आगामी बैशाखदेखि सातै प्रदेशका सदरमुकाम सहित नारायणगढ, इटहरी र काठमाडौँ गरी १० सहरमा प्रि अडिसन हुनेछ । 
 

तपाईंको मत