site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाललार्इ सुपर सिक्सको यात्रा कठिन, अफगानिस्तान र हङकङलाई हराउनैपर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । दुई खेल, दुई हार ! तर विश्वकप छनोट क्रिकेटको सुपर सिक्समा पुग्ने विश्वास नेपाली खेलाडीमा अझै छ । कसरी ? अफगानिस्तान र हङकङलाई पराजित गरे नेपाल सुपरसिक्समा पुग्ने निश्चित छ ।

जिम्बावेमा जारी आईसीसी विश्वकप छनोटको समूह बीमा रहेको नेपाल अहिले पुछारमा छ । यद्यपि नेपालको सम्भावनाको ढोकाहरू भने बन्द भइसकेका छैनन्, मात्र कठिन बनेको हो । पहिलो खेलमा आयोजक जिम्बावेसँग ११६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा पनि स्कटल्याण्डसँग ४ विकेटले स्तब्ध बन्यो । लगातार दुई खेलमा पराजित बनेको नेपालको अबको यात्रा निकै कठिन र चुनौतीपूर्ण बनेको छ । 

स्टकल्याण्डलाई पराजित गरेको भए नेपालको सुपरसिक्समा पुग्ने सम्भावना निकै बलियो हुने थियो तर नेपाल स्कटल्याण्डसँग निरिह बन्यो । यता, नेपालको भने आगामी दुई खेल जितेमात्रै विश्वकप छनोटको सुपर सिक्सको ढोका खुल्नेछ । नत्र नेपालको यात्रा सुपरसिक्सको लागि समाप्त हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्कटल्याण्डसँग पराजित भएपछि कप्तान पारस खड्काले सुपर सिक्सको सम्भावना अझै बाँकी रहेको बताएका छन् । कप्तान खड्काले भने, “सुपर सिक्समा पुग्नका लागि अफगानिस्तन र हङकङलाई पराजित गर्नुको विकल्प छैन ।”

नेपालले शनिबार बलियो टोली मानिएको अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । 

Global Ime bank

नेपालले खेल्ने यी दुई टिम कस्ता टिम हुन् त ?

अफगानिस्तान
अफगानिस्तान टेष्ट मान्यता प्राप्त राष्ट्र हो । नेपालभन्दा पछि क्रिकेट खेल्न थालेको अफगानिस्तानले छोटो समयमै ठूलो छलाङ मार्दै आईसीसीको पूर्ण सदस्यता प्राप्त गरिसकेको छ । 
एकपछि अर्को ठूला प्रतियोगिता खेल्दै अघि बढेको अफगानिस्तानले निकै सफलता पाएको छ । यद्यपि यो पटकको विश्वकप छनोटमा भने अफगानिस्तानले सोचेअनुरुपको प्रदर्शन गर्न सकिरहेको छैन । 

विश्वकप छनोटको समूह बी मा रहेको अफगानिस्तानले ३ खेल खेलिसक्दा तीनै खेलमा पराजय भोगेको छ । अफगानिस्तानको सुपर सिक्समा पुग्ने सम्भावना पनि न्यून रहेको छ । अंक गणितमा मात्रै झिनो आशा रहेको अफगानिस्तान नेपालको लागि सधैं तगारो बन्दै आएको टिम हो । विश्वकप छनोटमा पनि नेपालका लागि अफगानिस्तान तगारो बन्न सक्छ ।
अफगानिस्तानको जारी विश्वकप छनोटमा प्रदर्शन खस्किनुको मुख्य कारण कप्तान अस्घर स्टानिक्जाई र विकेटकिपर ब्याट्सम्यान मोहम्मद शाहजाद मैदान बाहिर रहनु ।

कप्तान अस्घरले एपेन्डिक्स भएपछि उनले विश्वकप छनोटको पूरै खेल गुमाएका हुन् भने शाहजादले २ खेल खेलेपछि आईसीसीले विगत पछिल्लो २४ महिनामा आचारसंहिता उल्लंघन गरेको भन्दै २ खेलको प्रतिबन्ध लगाएको हो । यी दुई खेलाडीको अभाव हुँदा हङकङले अफगानिस्तानलाई डिएल मेथडमा ३० रनले पराजित गर्न सफल भयो ।

नेपाललाई मौका
शनिबार नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । महत्वपूर्ण दुई खेलको अभावमा अफगानिस्तान तड्पिरहेको छ यसको फाइदा नेपालले लिन सक्नुपर्छ । अफगानिस्तानसँग नेपालले पहिलो पटक सन् २००४ मा एसीसी ट्रफीमा खेलेको थियो जुन खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको थियो । त्यसयता नेपालले अहिलेसम्म अफगानिस्तानलाई पराजित गर्न सकेको छैन भने नेपालको सधैं ठूला प्रतियोगितामा अफगानिस्तान बाधक बन्ने गरेको छ ।

कप्तान अस्घर र अनुभवी खेलाडी शाहजादबिना नै मैदानमा उत्रिने अफगानी टिमलाई नेपालले रोक्न सक्नुपर्छ । तर पनि अफगानिस्तानका पूर्व कप्तान मोहम्मद नावी, स्टार खेलाडी तथा हालका कप्तान राशिद खान, मुजिब उर रहमान जस्ता खेलाडीलाई रोक्नु नेपालका लागि मुख्य चुनौती हो ।

हङकङ
जारी विश्वकपमा हङकङले २ खेलमा एकमा जित हात पारेको छ । अफगानिस्तानलाई पराजित गर्दै सनसनी मचाएको हङकङको पनि लक्ष्य सुपर सिक्स नै हो । तर हङकङले अझै घरेलु टोली जिम्बावे र नेपालसँग खेल्न बाँकी छ । 

समूह बी को तेस्रो स्थानमा रहेको हङकङसँग नेपालले समूह चरणको अन्तिम खेल खेल्दैछ । यो खेलले नेपाल सुपर सिक्समा पुग्ने–नपुग्ने टुंगो लगाउने छ । पहिलो खेलमा स्टकल्याण्ड विरुद्ध ९१ रनमा अलआउट भएको हङकङले उत्कृष्ट पुनरागमन गरेको छ ।

हङकङविरुद्ध खेलेका अहिलेसम्मको खेलमा नेपालको पल्ला भारी भएपनि पछिल्लो खेलमा भने हङकङसँग पराजित भएको छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो । 

हङकङका कप्तान बाबर हायत, अंशुमान रथ र इशान खानलाई रोक्न सके नेपालको जित सुनिश्चित हुनेछ ।

ब्याटिङकै समस्या
नेपालको ब्याटिङ यतिबेला निकै चिन्ताजनक रहेको छ । पहिलो खेलमा जिम्बावेविरुद्ध राम्रो ब्याटिङ गर्दै २६४ रन बनाएपनि दोस्रो खेलमा स्कटल्याण्ड विरुद्ध १४९ रनमै अलआउट भएपछि आगामी दुई खेलमा पनि स्कटल्याण्डकै जस्तो ब्याटिङ नचल्ने पो हो कि भन्ने चिन्ता बढेको छ ।

नेपालको मुख्य समस्या ओपनिङमै देखिएको छ । जिम्बावे विरुद्ध पनि नेपालले ९ रन हँुदा पहिलो विकेट गुमाएको थियो । यता, स्कटल्याण्डसँग भने झनै खराब सुरुवात गर्दै १४ रन हुँदा ४ विकेट गुमाएको थियो । यसकारण पनि ओपनिङमा समस्या देखिएको छ । 

ओपनिङ ब्याट्सम्यान दिलिप नाथले अहिलेसम्म दुई खेल गरेर ६ रनमात्रै बनाएका छन् । जिम्बावे विरुद्ध २ र स्कटल्याण्ड विरुद्ध ४ रन उनको ब्याटबाट लागेको छ । यता, अर्का ओपनर ज्ञानेन्द्र मल्लको अवस्था पनि निकै नाजुक छ । उनले जिम्बावेविरुद्ध ३२ रन बनाएपनि स्कटल्याण्ड विरुद्ध भने १ रनमै आउट भए ।

नेपाली ओपनिङ जोडीले पहिलो विकेटको लागि १० ओभर टिक्न सके नेपालको राम्रो रन बन्छ । तर पछिल्लो प्रतियोगितामा ओपनिङमै समस्या देखिएको छ । नामिवियामा फेब्रुअरीमा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा पनि नेपालको ओपनिङ राम्रो भएको थिएन ।

अफगानिस्तान र हङकङलाई पराजित गर्न नेपालका कुनै एक खेलाडीमात्रै चलेर हुँदैन । कप्तान पारसले राम्रो प्रदर्शन गर्दै आएका छन् भने मध्यम क्रमका ब्याट्सम्यान तथा बलरले पनि नेपाली ब्याटिङ सम्हाल्दै आएका छन् तर सुपर सिक्समा पुग्न सबै खेलाडीले शतप्रतिशत खेल्नुपर्ने हुन्छ ।

यस्तो छ समीकरण
१० टोलीको सहभागिता रहेको विश्वकप छनोट प्रतियोगितामा समूह ए र बी बाट समान ३–३ टोली गरी ६ टिम सुपर सिक्समा पुग्नेछन् । आईसीसी विश्वकप छनोटको समूह बी बाट स्कटल्याण्ड ३ खेलमा शतप्रतिशत नतिजा निकाल्दै १ खेल खेल्नुअघि नै सुपर सिक्समा पुगेको छ । 

सुपर सिक्समा समूह बीबाट अब दुई देशको छिनोफानो हुन बाँकी छ । आयोजक जिम्बावे पनि सुपरसिक्समा पुग्ने लगभग पक्काजस्तै छ । जिम्बावेले आफ्नो दुबै खेलमा जित हात पारेको छ । जिम्बावेको २ खेलबाट ४ अंक रहेको छ भने २ खेलबाट १ मा जित र एक खेलमा हार ब्यहोरेको हङकङ तेस्रो स्थानमा छ । अफगानिस्तान ३ खेलमा नै पराजित भएको छ भने नेपाल दुई खेलमा पराजित भएको छ । अफगानिस्तानको एक खेल बाँकी रहदा नेपालको दुई खेल बाँकी छ ।

सुपर सिक्समा पुग्न अबको लडाइँ भनेको नेपाल, हङकङ र अफगानिस्तानको हो । यी तीन टिमबाट एउटा टिम सुपर सिक्समा पुग्नेछ । यसमा हङकङको सम्भावना नेपालको भन्दा बलियो छ । यता अफगानिस्तानको भन्दा नेपालको सम्भावना बलियो छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०७४  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC