site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चमेलीको अथक यात्रा
Sarbottam CementSarbottam Cement

जुझारू, सङ्घर्षशील अनि आँटिली महिला । यी सबै परिचयसँग जोडिएको नाम हो, चमेली वाइवा । मकवानपुरको थाहा नगरपालिकाकी ४७ वर्षीया चमेलीले बनाएको यी परिचयले उनलाई प्रेरणादायी पात्र बनाएको छ । १३ वर्षको कलिलो उमेरमा विवाह गरेकी उनै चमेलीको जीवन परिवर्तनसँग संघर्ष, मेहनत र निरन्तर सक्रियताको अनेकौं कथाहरू जोडिएका छन् । 

मकवानपुरको दुर्गम र पिछडिएको बस्तीकी चमेलीको जीवनलाई प्रौढ शिक्षाले परिवर्तन गरिदिएको हो । १३ वर्षको उमेरमा विवाह गरे पनि उनको वैवाहिक जीवनले निरन्तरता पाउन सकेन । श्रीमान्ले दोस्रो विवाह गरेपछि उनी माइतीमा फर्किन् । अर्को विवाह गर्ने रहर उनमा पलाएन । गाउँघरमा प्रौढ शिक्षा शुरू भएपछि उनले २०५१ साल माघबाट पढ्न थालेकी हुन् । त्यसअघिसम्म उनलाई आफ्नो नामसमेत लेख्न आउँदैनथ्यो । प्रौढ कक्षामा गएको तेस्रो दिनमा उनले आफ्नो नाम लेख्न सिकिन् । प्रौढ शिक्षाको निरन्तरताले आफ्नो जीवनलाई सहज र प्रेरणादायी बनाएको उनको अनुभव छ । उनी भन्छिन्, “प्रौढ शिक्षाले मेरो जीवनमा नसोचेको फाइदा पुर्यायो, अहिले समाजमा जे गरिरहेको छु, त्यसैबाट सम्भव भएको हो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

प्रौढ शिक्षाका कारण अक्षर चिनेपछि उनले पढाइको महत्व बुझिन् र आफ्नो समुदायमा परिवर्तन ल्याउन सक्रिय भइन् । त्यसपछि उनकै सक्रियतामा स्थानीय तसर खोलामा पुल निर्माण भएपछि गाउँका बालबच्चाहरू विद्यालय जान थाले । अहिले उक्त पुललाई चमेली पुल भनेर चिनिन्छ । आफ्नो अगुवाइमा भएको यो परिवर्तनले उनलाई सामाजिक कार्यहरूमा सक्रिय रहन प्रेरणा मिल्यो । 

फलस्वरूप, आफ्नो समुदायमा महिलाहरूका लागि उनले सामाजिक सेवाको काम गर्न थालिन् ।  प्रौढ शिक्षा पूरा गरेपछि चमेलीले आफ्नै गाउँमा अन्य महिलाहरूलाई पढ्न र लेख्न सिकाउन थालिन् । आफ्नो जीवनमा विद्यालय जान नपाएकी उनै चमेली अहिले स्थानीय दुर्गादेवी स्कुलकी व्यवस्थापन समितिकी अध्यक्ष छिन् । उनको सक्रियतालाई देखेर स्थानीयले चमेलीलाई सर्वसम्मत निर्णय गरी व्यवस्थापन समितिको जिम्मेवारी दिएका हुन् । उनी अहिले दैनिकजसो प्लान इन्टरनेशनल नेपालको सहयोगमा निर्माण भइरहेको विद्यालय भवन पुगेर रेखदेख गर्ने गरेकी छिन् । 

Global Ime bank

आफ्नो जीवनमा थुप्रै कठिनाइ भोगेकी चमेलीले आफ्नो जीवनलाई गाउँघरमा अन्य महिलाहरूलाई सहयोगका लागि समर्पित गर्ने निर्णय लिएकी हुन् । १० वर्षयता उनी गाउँमा महिला स्वास्थ्य स्वयम्सेविकाको रूपमा क्रियाशील छिन् । मकवानपुरको बज्रबराहीमा महिला स्वास्थ्य स्वयम्सेविकाको रूपमा काम गर्न शुरू गरेकी चमेलीले सुरक्षित प्रसूति र नवजात शिशुको स्याहारसम्बन्धी चेतनामा फैलाउन केन्द्रित छिन् । उनले आफ्नो समुदायमा थुप्रै गर्भवती महिला र उनीहरूका बच्चाहरूको जीवन बचाउन सफल भएकी छिन् ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा गठित गर्भवती महिला समूहमा आवद्ध भएर उनले महिला स्वास्थ्य स्वयम्सेविकाको काम गर्न थालेकी हुन् । उनले प्रसूतिका लागि अस्पताल जान र सुरक्षित प्रसूतिका सीप सिकाउने गरेकी छिन् । गर्भवती महिलालाई अस्पताल भन्दा पनि धाँमीझाक्री लैजाने प्रचलन तोड्न निकै मेहनत गर्नुपरेको अनुभव उनको छ । उनले सुनाइन्, “त्यतिवेला गर्भवती महिलालाई अस्पताल लैजानुपर्छ भन्दा कसैले सुन्दैन थिए तर अहिले भने प्रसूतिका लागि अस्पताल जानुपर्छ भन्ने सबैलाई थाहा भइसकेको छ ।”

यी र यस्तै सामाजिक कार्यक्रममा सक्रिय चमेली समाजमा उदाहरणीय बन्न पुगेकी छिन् । उनको असाधारण योगदानका लागि सन् २०१३ मा चमेलीलाई प्लान इन्टरनेशनलले ग्लोवल अवार्ड प्रदान गरेको थियो । उनी अहिले विभिन्न जिम्मेवारी सम्हालिरहेकी छिन्– विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, महिला स्वास्थ्य स्वयम्सेविका, बज्रबराहीस्थित साना किसान कृषक सहकारी संस्थाकी उपाध्यक्ष र थाहा नगरपालिकाकी वडा महिला सदस्य । जनप्रतिनिधिको हैसियतमा अहिले उनी वडास्तरीय योजना निर्माण, महिलाविरुद्ध हुने हिंसाविरुद्धको अभियान लगायतमा सक्रिय छिन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०७४  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC