site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
श्रीलंकामा फेसबुकमाथि प्रतिबन्ध 
Ghorahi CementGhorahi Cement

काठमाडौं । श्रीलंकाको संचार विभागले फेसबुक, भाइबर, ह्वाट्सएप जस्ता सामाजिक संजालका नेटवर्कलाई देशभर बन्द गराउने निर्णय गरेको रोयटर्सले जनाएको छ ।

मुलुकलाई अनावश्यक विवाद र हिंसा भड्किनबाट जोगाउन यस्तो गरिएको प्रमुख अधिकारीहरुले बुधबार जानकारी गराएका हुन् ।

Agni Group

क्याबिनेटका प्रवक्ता रजिता सेनारत्नेले बुधबार सेवा प्रदान गर्नेहरुलाई सामाजिक संजालका नेटवर्कहरु तत्कालै बन्द गर्न लगाएको बताएका हुन् । वास्तवमा फेसबुकमार्फत केही व्यक्तिहरुले मुसल्मानमाथि हमला गर्ने योजना बनाइरहेको देखिएपछि सरकार यस्तो निर्णय लिन बाध्य भएको उनले बताए । संचार विभागका प्रमुखले फेसबुक , भाइबर र वाट्सएप ७२ घण्टाका लागि बन्द गराइनेबारे सम्पूर्ण प्रयोगकर्तालाई जानकारी दिने बताइसकेका छन् ।

मंगलबार मात्र सरकारले मुसल्मान र बौद्धधर्मीबीच तनाव बढ्दै गएपछि थप समस्या उत्पन्न हुन नदिन १० दिनसम्म संकटकाल लागू गर्ने घोषणा गरेको थियो । केन्डी शहरबाट सुरु भएको झगडापछि बौद्ध धर्म मान्ने मानिसहरुले मुसल्मानको व्यवसाय र मस्जिदमा आगो लगाइदिँदा मंगलबार एक मुसल्मान युवकको मृत्यु भएको थियो ।

Global Ime bank

यस घटनापछि दुई समुहबीच झडप हुँदा सो स्थानमा कफ्र्यु समेत लगाइएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०७४  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC