site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित, सुपर सिक्समा पुग्न अफगानिस्तान र हङकङलाई हराउनैपर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेटमा आफ्नो दोस्रो खेलमा नेपाल स्टकल्याण्डसँग ४ विकेटले पराजित भएको छ । १५० रनको सामान्य चुनौति पछ्याउदै ब्याटिङ गरेको स्टकल्याण्डले ४१.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।

स्कटल्याण्डको जितमा कप्तान किली कोइट्जरले अविजित ८८ रन बनाए । उनकै उत्कृष्ट प्रदर्शनमा नेपाल पराजित भएको हो । स्कटल्याण्डका अन्य खेलाडी भने सस्तैमा आउट भए । क्राइग वाल्लेसले १७, कलम म्याक्लोडले १५, माथेव क्रसले १४ र जर्ज मोन्सीले १० बनाए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । त्यस्तै, दिपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान १–१ विकेट लिए ।

यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ४७.४ ओभरमा सबै विकेटको क्षतिमा १४९ रन मात्रै बनाएको थियो । खराब प्रदर्शन गरेको नेपालको १४ रन हुदा ४ विकेट पतन भएको थियो । नेपालका लागि कप्तान पारस खड्काले इनिङ्स उकास्ने प्रयास गरेका थिए । कप्तान पारसले ६३ रन बनाएपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । पारसले ९ चौका प्रहार गरे ।

Global Ime bank

त्यस्तै, नेपालका लागि बसन्त रेग्मीले अविजित २४ रन बनाए । नेपालका लागि सोमपाल कामीले १८ रन बनाए । त्यस्तै, रोहित पौडेलले १५, युवा खेलाडी सन्दीप लामिछाने ६ रनए पनि अग्रपंतिका ब्याट्सम्यान चल्न सकेनन् ।

नेपालका ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए । एकपछि अर्को विकेट पतन भएको नेपालका दिलिप नाथ ४, अरिफ शेख २ रनमा आउट भए । दिपेन्द्रसिंह ऐरी पनि १ रनमा आउट हुदा अनुभवि ब्याट्सम्यान शरद भेषवाकर शुन्य रनमा नै आउट भए ।

नेपालले आफ्नो तेस्रो खेल शनिबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल सुपर सिक्समा पुग्नका लागि अबको दुई खेल जित्नै पर्ने हुन्छ । नेपालले आफ्नो अन्तिम खेल हङकङसँग १२ मार्चमा खेल्दैछ ।

३ खेलमा शतप्रतिशत जित हात पारेको स्कटल्याण्ड भने सुपर सिक्समा प्रवेश गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०७४  १९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC