site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
साहित्यकार बन्ने दयाहाङको मोह
Sarbottam CementSarbottam Cement

काठमाडौं । अघिल्लो साता सञ्चारकर्मी यज्ञश पहिचान पुरस्कार ग्रहण गर्दै थिए । २ लाख २ हजार रुपैयाँको उक्त पुस्कार मण्डला थिएटरमा वितरण गरिँदै थियो । मुख्य अतिथी थिए तिलविक्रम नेम्वाङ (वैरागी काइँला) । थिएटरको अँध्यारो कोठामा तिलविक्रमसँगै अग्रज साहित्यकार नारायण ढकाल, खगेन्द्र संग्रौला, श्रवण मुकारुङ, कुमार नगरकोटीदेखि पछिल्लो पुस्ताका साहित्यकार राजन मुकारुङदेखि बुद्धिसागरसम्म थिए । 

कार्यक्रम सुरु भैसकेको थियो । अर्ध अन्धकार थिएटरमा दयाहाङ राई लुसुक्क छिरे । कार्यक्रम चलिरहेको थियो । नजिकै रहेका साहित्यकारसँग उनी हेलोहाई गर्दै थिए । हलको मध्यतिर बसेका दयाहाङ सुटुक्क अगाडि सर्दै जाँदैथिए । अधिकांश साहित्यकारसँग उनको पुरानै परिचय रहेको प्रतीत हुन्थ्यो । रङ्गमञ्च हुँदै सेतो पर्दाको यात्रा तय गरेका दयहाङ कसरी साहित्यकारको समिपमा पुगे ?

जान्न अघिल्लो दशकतिरै फर्किनुपर्छ । भोजपुर थातथलो भएका दयाहाङ सानैदेखि साहित्यमा रुचि राख्थे । कथामा उनको विशेष झुकाब थियो । साहित्यका किताब खोजी–खोजी पढ्थे । 
कथा लेख्न रुचाउँथे र लेख्थे पनि । कथा लेख्न उनलाई शिक्षकहरूले हौस्याउँथे । उनी स्मरण गर्छन्, “म कथा लेख्नकै लागि जन्मिएको हुँ झैं लाग्न थालेको थियो स्कुलमा ।”
बाल्यकालमा पढेका दन्त्यकथा र लोककथाका चरित्रहरूलाई लिएर त्यस्तै अर्को कथा लेख्न मन पथ्र्यो उनलाई । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, उनले पढेका अधिकांश कथाका विषयवस्तु सहरका हुन्थे । उनी भए गाउँका । गाउँका कथा सहर पुगेर सकिन्थे । 

उनको मनमा एउटा प्रश्न सधैं उठिरह्यो । गाउँका कथा गाउँमै किन सकिँदैन ? गाउँका कथा गाउँमा बसेर मात्रै लेखिँदैन । लेखे पनि त्यो पूर्ण कथा हुँदैन । कथामा सहर पनि मिसिनुपर्छ । तर उनी गाउँमा थिए, सहरको स्वरुप पनि देखेका थिएनन् । थिए त केवल कथा र उपन्यासमा । 

Global Ime bank

लाग्यो– कथा लेख्न पनि सहर जानुपर्छ । नगवेली डाँडाहरु छिचोलेर सहर पुगेपछि मात्रै कथा पनि छिचोलिन्छ । 

एकातिर कथाको विषयवस्तु खोज्दै सहर जाने हुटहुटी । अर्कातर्फ माओवादी द्वन्द्वले गाउँमा बस्न नसक्ने परिस्थिति । वि.सं. ०५८ सालको एक दिन कथा लेख्ने कल्पनामा सयरमा उनी सपनाको सहर काठमाडौंको बस चढे । 

साहित्यप्रति रुचि थियो । उनी साहित्यकारको घेराभित्र छिर्न थाले । कवि, लेखकहरूलाई भेट्न थाले । उनी साहित्यिक पुस्तक–विमोचनमा जान्थे । सांस्कृतिक कार्यक्रममा सहभागी हुन्थे । पेन्टिङ र फोटोग्राफी–प्रदर्शनीमा जान्थे । गीती एल्बम विमोचन समारोहमा पुग्थे । उनलाई यस्ता कार्यक्रमको माहोल मन पथ्र्यो । 

साथीसंगत पनि कलासाहित्यकै हुन थाल्यो । नियमित भेटघाट र उठबस कलाकार र कलाप्रेमीहरूसँग नै हुन थाल्यो । कवि, कलाकारहरूसँग भेटदे झनै उनलाई ‘मैले जानेको लेख्ने हो र लेख्नुपर्छ’ भन्ने मनमा लागिरह्यो । 

साथी सर्कलको घेरो फराकिलो थियो । साहित्य र कलाका साथीहरु थुप्रै्र थिए । प्रज्ञा प्रतिष्ठानमा नाटक–महोत्सव भइरहेको थियो । उनी त्यहाँ नाटक हेर्न गए ।
दयाहाङलाई नाटक मन पर्यो । नाटकको नियमित दर्शक भए । अर्को साल पनि उनी नाटक–महोत्सवमा गए । नछुटाई नाटक हेरे ।

नाटकले उनको मस्तिष्कमा रहेको साहित्यकार बन्ने सपना घर भत्काइदियो । उनले सोचे– मैले सोचेजस्तो छैन कथा र पुस्तक लेख्न । उनलाई लाग्यो, “मेरा लागि नाटक हो । म नाटक लेख्न र निर्देशन गर्न सक्छु ।”

त्यसैले कथा लेखनतिर हिँडेका उनका पाइलालाई त्यहीँ विश्राम दिए र मोडिए नाटकतिर । र, नाटकको बाटो हुँदै उनी रजतपटको यात्रातिर लागे । कथा लेख्ने उनको सपना अधुरै रह्यो । रङ्गमञ्च र सेतो पर्दामै उनी रमाउन थाले । तर, अहिले पनि पुस्तक अर्थात साहित्यतर्फ उनको रुची २० को १९ भएको छैन । त्यसैले त दयाहाङ अहिले पनि पुस्तक विमोचन लगायतका साहित्यीक कार्यक्रममा पुग्छन् । साहित्यकारहरुसँगको चिनजान उस्तै छ । भलाकुसारी उसैगरी हुन्छ ।    
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०७४  १०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC