site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नयाँ सरकार गठनपछि लगानीकर्ताले गुमाए आधा खर्ब सम्पत्ति, सेयर बजार अर्थमन्त्रीले चाल्ने कदमको प्रतिक्षामा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ सरकार बनेपछि पहिलो साता नै सेयर बजारमा लगानीकर्ताको सम्पत्ति ४८ अर्ब रुपैयाँले घटेको छ । यससाता परिसूचकमा गिरावट आउँदा सेयर बजारको आकार (बजार पुँजीकरण) ४७ अर्ब ९६ करोड रुपैयाँले घटेको हो । अघिल्लो सातको अन्तिम दिन १६ खर्ब २२ अर्ब २ करोड रुपैयाँबाट घटेर १५ खर्ब ७४ अर्ब ५ करोड रुपैयाँमा पुगेको नेप्सेले जनाएको छ ।

यससाता सेयर बजार परिसूचक करिब ४१ अंकले घटेको हो । अघिल्लो साता ३४ अंकले घटेको नेप्से यससाता कारोबार भएको तेस्रो दिनबाहेक अन्य दिन नसुधारिँदा परिसूचक ओरालो लागेको हो । यससाता पहिलो दिन १ हजार ३ सय ८६ दशमलव ९८ को विन्दुबाट सुरु भएको नेप्से अन्तिम दिन १ हजार ३४५ दशमलव ९९ को बिन्दुमा पुगेर रोकिएको हो ।

लगानीकर्ताले नयाँ सरकार गठनसँगै नेप्से परिसूचक बढ्ने अनुमानमा रहेपनि बजार भने त्यसको विपरितमा अग्रसर छ । लगानीकर्ता भने बाम नेतृत्वको सरकारले पूँजी बजारलाई प्राथमिकता दिने र जसका कारण बजार बढ्ने अनुमानमा थिए । त्यसो त अर्थमन्त्रीमा डा. युवराज खतिवडा नियुक्त भएको दिन साथ दिएको सेयर बजारले त्यसलाई निरनतरता दिन सकेन ।

Prabhu Bank
Agni Group
NIC Asia

यता डा. खतिवडाले सेयर बजारसम्बन्धि अहिलेसम्म केही नबोलेको अवस्थामा लगानीकर्ता यसबाट प्रभावित नभएको नेपाल इन्भेस्टर्स फोरमका महासचिव राजन लम्सालले बताए । उनले भने– “बजारमा नयाँ अर्थमन्त्रीले पूँजीबजारमा शुद्धिकरणका लागि उचित कदम चाल्ने हल्ला चलेपनि उहाँबाट कस्तो कदम चाल्नुहुन्छ भन्ने हामी प्रतिक्षामा छौं । सायद बजारलाई त्यसैले ड्राइभ गर्ला ।”

अर्थमन्त्री डा. खतिवडा अर्थमन्त्री भएसँगै परिसूचक बढ्दा राहत पाएका लगानीकर्ता निरुत्साहित बन्न थालेका छन् । देशले स्थिर सरकार पाएको अवस्थामा विकासमा केन्द्रित हुने समय आउने जनअपेक्षा रहेको अवस्थामा सेयरबजार भने सरकारलाई लालसलाम दिन पछि परेको छैन ।

Global Ime bank

परिसूचक घट्दा यससाता पनि कारोबार रकम बढेको छ । यससाता नेप्सेमा १ अर्ब ९६ करोड ३८ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । सो क्रममा नेप्सेमा १७४ कम्पनीका ४५ लाख २६ हजार ५५० कित्ता सेयर किनबेच भए । सातभरि कूल १८ हजार ७५ कारोबार भए ।

कारोबार रकम चारै दिन कारोबार भएको अघिल्लो सातभन्दा १५.०४ प्रतिशत कम हो । अघिल्लो साता बजारमा १७६ कम्पनीका ३२ लाख ४८ हजार कित्ता सेयर १ अर्ब ७० करोड ७० लाख ६८ हजार  रुपैयाँमा कारोबार भएका थिए । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

मंगलबार नेप्से परिसूचक सामान्य बढेपनि बुधबार उच्च रुपमा घटेको थियो । यद्यपि बजारमा बिक्री चाप भने बढेको छ । पछिल्ला दिन बजारमा दैनिक आधा अर्ब रुपैयाँको कारोबार हुँदै आएको छ ।

बजारमा कारोबार रकम धेरै हुनको अर्थ बजारमा क्रेता र बिक्रेताको उपस्थिति पनि राम्रै रहेको फोरमका महासचिब लम्साल बताउँछन् । उनका अनुसार परिसूचक घट्दा शेयर सस्तोमा पाइने भएकाले माग बढ्छ । “पछिल्लो समय अधिक आपूर्ती र तरलता अभाव तथा ब्याजदरको प्रभाव पनि बजारमा परेको छ,” उनले भने । बैंकहरुले १० प्रतिशतको दरमा निक्षेप माग्दा यसले बजार परिसूचक घटाउन टेवा दिएको हो । उनले थपे– “यी दुवै समस्याको उचित व्यवस्थापन भए मात्र बजारले गति लिनेछ ।”

यद्यपि नेप्से परिसूचकसँगै सेयर मूल्य परिसूचक घटाएर आफूलाई प्रभावित गर्न खोजेको साना लगानीकर्ताको आरोप छ ।

नेप्से परिसूचक बढ्दा यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा ५ दशमलव २ अङ्कले घटेर २८५ दशमलव ३८ अङ्कमा आइपुगेको छ ।

गतसाता कारोबारमा आएका सबै समूहमा गिरावट आए । तीमध्ये बीमा समूह पहलिो दिनको तुलनामा सबैभन्दा धेरै २७६ दशमलव ३४ अंकले घट्यो । त्यसैगरी लघुवित्त, विकास बैंक र जलविद्युत् समूहमा क्रमशः ५२.७१, ३०.३३ र ५९.२२ अंकको गिरावट आउँदा बैंकिङ, उत्पादनमूलक र होटल समूहमा पनि क्रमशः १८.२७, ४७.४९ र ५४.५४ अंकले ओरालो लागे । त्यस्तै ट्रेडिङ समूह ८.५३ अंक, वित्त समूह १२.५१ र अन्य समूह ७.२२ अंकले घटे ।

यससाता सर्वाधिक कारोबार हुने कम्पनीमध्ये शीर्ष ५ का सबै कम्पनी बीमा समूहका रहे । तीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अग्रस्थानमा रह्यो । कम्पनीका कूल २२ करोड ६२ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस साता काराबार भएको सेयर संख्याको आधारमा प्रभु बैंक ८ लाख १२ हजार कित्तासहित शीर्षस्थानमा रहँदा कारोबार संख्याका आधारमा पनि नेपाल लाइफ इन्स्योरेन्स १ हजार ८२६ वटा कारोबारसहित शीर्षस्थानमा रह्यो ।

कारोबार रकमका आधारमा १८ करोड ३५ लाख रुपैयाँसहित प्रभु बैंक दोस्रो स्थानमा रह्यो । सर्वाधिक कारोबार हुने शीर्ष ५ कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक शेयर, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र राष्ट्रिय विमा कम्पनीका संस्थापक सेयर पनि अटाए ।

यस साता नेप्सेमा उन्नति माइक्रोफाइनान्स वित्तिय संस्थाका ५ लाख ५० हजार कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०७४  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC