site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
लिफ्टभित्रै पिशाब गर्ने युवक बटन सट भएर अड्किएपछि...
Sarbottam CementSarbottam Cement

एजेन्सी । चीनमा एक युवकले लिफ्टमै पिशाब गरेपछि बटन सट हुँदा त्यसभित्रै अड्किन पुगेका छन् ।

उनको यो भिडियो सार्वजानिक सुरक्षा मन्त्रालयले फेला पार्नेबित्तिकै चर्चित चिनियाँ साइट वेइबोमा शेयर गरेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नागरिकहरुलाई आफ्ना बच्चाको शिक्षामा ध्यान दिन र राम्रो हेरचाह गर्न आग्रह गर्दै शेयर गरेको मन्त्रालयले बताएको हो । तर शेयर भएलगत्तै भिडियो भाइरल भएपछि लाखौँ प्रयोगकर्ताले उनको हर्कतलाई ‘कर्मको फल पाएको’ भन्ने प्रतिक्रिया दिएका हुन् ।

यसपछि युट्युबमा पनि यो पोस्ट हुँदा घटनाले झन धेरै चर्चा पाएको अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् ।  चीनमा मात्र यसलाई १ करोड भन्दा बढीले हेरिसकेको बताइएको छ । 

Global Ime bank

भिडियोमा ती युवक एक्लै लिफ्टमा यात्रा गरिरहँदा अचानक लिफ्टको कन्ट्रोल प्यानलसम्म पुग्ने गरि पिशाब गरेको देख्न सकिन्छ । तर यसपछि उनले त्यहाँबाट बाहिर निस्किन खोज्दा लिफ्टको ढोका खुल्नुअघि नै बिग्रिएको संकेत गरि पुनः बन्द भएको देखिन्छ । त्यसपछि आत्तिएका ती युवक लिफ्टको सबै बटनहरु थिच्न खोज्छन् तर भर्खर मात्र आफूले त्यहीँ पिशाब गरेको सम्झिएपछि हत्तपत्त पछि हट्छन् । 

यसपछि सो लिफ्टको बटनबाट धुँवा निस्किए जस्तो देखिन्छ र लिफ्ट त्यहीँ रोकिन पुग्छ । यति मात्र नभएर त्यहाँको बत्ती समेत आउँदैजाँदै गर्न थाल्छ र अन्त्यमा अन्धकार हुन्छ । 

घटनाबारे चीनको स्थानीय संचार माध्यमले दिएको खबरअनुसार केही समयमै उनलाई त्यहाँबाट उद्धार गरिएको थियो । चीनको छोङकिङ शहरमा शुक्रबार भएको योे घटना सार्वजानिक भएपछि इन्टरनेटभरि उनको व्यवहारप्रति आक्रोश व्यक्त गर्दै मानिसहरुले उनका बाबुआमालाई समेत गाली गरिरहेको बताइएको छ । त्यस्तै बीबीसीले बताएअनुसार भाइरल भएको भिडियो देखेर उनका पिताले भने अलगै बयान दिएका छन् । आफ्नो छोराले त्यति माथिसम्म पिशाब गर्नै नसक्ने उनको दाबी रहेको बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०७४  ०३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC