site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेयमारले रियल मड्रिडसँगको खेल गुमाउने
Sarbottam CementSarbottam Cement

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमारले च्याम्पियन्स लिग अन्तर्गत रियल मड्रिडविरुद्धको अन्तिम १६ को दोस्रो लेग खेल गुमाउने भएका छन् ।

खुट्टाको चोटका कारण नेयमारले रियल मड्रिडविरुद्धको होम गेम गुमाउने भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

फ्रेन्च लिग अन्तर्गत आइतबार मार्सेलीसँगको खेलमा नेयमार घाइते भएका थिए । उक्त खेलमा पिएसजीले ३ – ० को जित निकालेको थियो । खेलको दौरान मैदानमा ढलेका नेयमारको दाहिने खुट्टाको एन्कल फ्याक्चर भएको थियो । स्ट्रेचरबाट मैदान छाडेका नेयमारको चोट मुक्त हुन् केहि साता लाग्ने भएको कारण रियलसँगको खेलमा उनी मैदान नउत्रने डेलिमेलले समाचार लेखेको छ ।

महत्वपूर्ण रहेको दोस्रो लेगमा पिएसजीले अर्को साता घरेलु मैदानमा रियल मड्रिडसँग खेल्दै छ । पिएसजी र रियलको खेल मार्च ६ मा हुने छ ।  पहिलो लेगमा रियल ३ –  १ ले अघि रहेको छ । च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्न पिएसजीलाई जित निकाल्नुको विकल्प छैन ।

Global Ime bank

दोस्रो लेगमा नेयमार नखेल्ने भएपछि रियल मड्रिडलाई केहि फाइदा पुगेको छ ।  यसै सिजन कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी आएका २६ बर्षे नेयमारले ३० खेलमा २९ गोल गरिसकेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०७४  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC