site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
चिनियाँ राष्ट्रपति जिङपिङ आजीवन पदमा रहन सक्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । चीनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको दुई कार्यकाल मात्र रहने संविधानको धारामा नयाँ परिवर्तन ल्याउने प्रस्ताव राखेको छ । यस प्रस्ताव अन्र्तगत राष्ट्रपतिले अनिश्चितकाल सम्म पदमै रहन पाउने बताइएको छ । यो खबर सार्वजानिक भएसँगै वर्तमान राष्ट्रपति सि जिङपिङका लागि २०२३ पछि पनि सत्तामा रहने बाटो खुलेको बिबिसीले बताएको छ । गत वर्ष मात्र उनलाई माओत्सेतुङ पछिका सबैभन्दा शक्तिशाली राष्ट्रपति बताइएको थियो ।
उनको विचारधारालाई संविधानमा उल्लेख गराइएपछि उनलाई अहिलेसम्मकै शक्तिशाली राष्ट्रपतिको नाम दिइएको थियो । यसका साथै उनको कार्यकालमा चीनले व्यापक रुपमा आर्थिक सुधार गर्नुका साथै भ्रष्टाचारका विरुद्ध पनि ठूलो अभियान चलाइएको थियो । आइतबार समाचार एजेन्सी सिन्हुआले सो खबर सार्वजानिक गराएको हो । १९९० देखि नै चीनमा राष्ट्रपतिले १० वर्षको अवधिसम्म पदमा बस्न पाउने कानून लागू थियो जस अन्र्तगत २०१३ मा राष्ट्रपति नियुक्त भएका जिङपिङको कार्यकाल सन् २०२३ मा अन्त्य हुने निश्चित थियो । तर सरकारको यस निर्णयपछि भने जिङपिङले अझै लामो समयसम्म राष्ट्रपति पदमा रहन पाउने भएका हुन् । 
यो परिवर्तन लागू गराइँदा जिङपिङ आजीवन राष्ट्रपति पदमा रहने चिनिया सरकारी पत्रिकाका सम्पादकीयले बताएका हुन् ।
त्यस्तै अर्कोतर्फ अन्तराष्ट्रि समुदायबाट भने यसबारे राम्रो प्रतिक्रिया नआएको बताइएको छ । जिङपिङले आजीवन सत्तामा कब्जामा लिने हो भने भविष्यमा चीनले राजनीतिक अस्थिरताको सामन गर्नुपर्ने विश्वविदहरुको भनाइ छ । किनकी पदका लागि आफ्नो पालो पर्खिरहेका राजनीतिज्ञले यस निर्णय विरुद्ध समस्या निम्त्याउन सक्ने बताइएको छ । त्यस्तै अर्कोतर्फ देशमा अचानक आर्थिक गिरावट आएमा वा विदेशी नीतिमा समस्या देखा पर्दा पनि जिङपिङ एक्लैले सम्पूर्ण जिम्मेवारी लिनुपर्ने हुन्छ । यस्तोमा आजीवन पदमा बस्नु धेरै कठिन निर्णय हुने विशेषज्ञहरुले बताएका हुन् । यसका साथै सामाजिक संजालमा पनि चीनले छिमेकी मुलुक उत्तर कोरियाको तरिका अपनाइरहेको भन्दै यस निर्णयको आलोचना भइरहेको अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०७४  ०२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC