site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बीपी क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित
Sarbottam CementSarbottam Cement

चितवन । चितवनको यज्ञपुरीस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारीले संयुक्त विज्ञप्ति जारी गर्दै अस्पताल प्रशासनअगाडि कालो व्यानरसमेत टाँगेका छन् ।

आफूहरुको स्वभाविक पदोन्नति र वृत्ति विकासमा अस्पतालले गलत कदम चालेको भन्दै कर्मचारीहरु आन्दोलित बनेका हुन् । पदोनति र वृत्ति विकास रोकिँदा आफूहरुमा नैरश्यता बढेको कर्मचारी अशोकबाबु लम्सालले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

अस्पताल सञ्चालक समितिले पदपूर्तिसम्बन्धी मौजुदा व्यवस्थामा संशोधन गरेकोमा कार्यकारी निर्देशकले अनुदार तरिकाले लामो समयदेखि एउटै पदमा कार्यरत कर्मचारीलाई बढुवा हुन नसक्ने प्रावधान गरिएको भन्ने जवाफ दिएपछि झनै पीडित सशंकित बनेको लम्सालले बताए ।

कर्मचारीको मागलाई अस्पताल प्रशासनले बेवास्ता गरे थप आन्दोलन चर्काउने कर्मचारी रमेश शर्मा पौडेलले बताए । उनले भने, “हामीसँग छलफल नै नगरी अस्पताल प्रशासन अघि बढेको छ । यस विषयमा अस्पतालबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने डाक्टरहरुसमेत मुकदर्शक बन्नु विडम्बनापूर्ण छ ।”

Global Ime bank

आन्दोलनरत कर्मचारीहरुमा अशोकबाबु लम्साल, रमेश शर्मा पौडेल, प्रेमप्रसाद कँडेल, कल्पना न्यौपाने, सावित्रा पन्त, पवित्रा सुवेदी, आशा कँडेल, अनिता अधिकारी, सुजाता पौडेल, अमृता पौडेल, सावित्री गुरुङलगायत छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०७४  ०८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC