site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पीएसजीको जित, नेयमार घाइते
Sarbottam CementSarbottam Cement

एजेन्सी । फ्रेन्च लिग फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।  आइतबार राति भएको खेलमा पीएसजीले मार्सेलीलाई ३–० ले हराएको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे र एडिन्सन काभानीले समान एक एक गोल गरे । पिएसजीले एक गोल आत्मघाती उपहार पाएको थियो । मार्सेलीका भएको रोलान्डोले आत्मघाती गोल गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पार्क डी प्रिन्सेस स्टेडियममा पीएसजीले खेलको १० औं मिनेटमा एमबाप्पेको गोलबाट सुरुवाती अग्रता लिएको थियो । खेलको २८ औं मिनेटमा रोलान्डोले आत्मघाती गोल गरेपछि पिएसजीको अग्रता २ – ० को भयो । त्यसपछि खेलको ५५ औं मिनेटमा काभानीले एक गोल गरेपछि पिएसजीले ३–० को सहज जित निकाल्यो ।

मार्सेलीविरुद्ध जित निकाल्ने क्रममा पिएसजीका स्टार स्ट्राइकर नेयमार भने घाइते भएका छन् । खेलको दौरान खुट्टाको एन्कलमा समस्या देखिएपछि नेयमार स्ट्रेचरको सहायतामा मैदानबाट बाहिरिएका थिए । खेलको ८० औं मिनेटमा नेयमारले मैदान छाडेका हुन् ।

Global Ime bank

यो जितसँगै लिग लिडर पिएसजीले २७ खेलबाट ७१ अंक जोडेको छ । र, पीएसजी दोस्रो स्थानको मोनाको भन्दा १४ अंकले पछि छ । मोनाकोको ५७ अंक छ । मार्सेली ५५ अंक जोडेर तेस्रो स्थानमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०७४  ०८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC