एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले सेभियालाई ५ – २ ले हराएको हो ।
सेभियाको मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जित दिलाउन एन्टोनी ग्रीजम्यानले ह्याट्रिक गरे । यस्तै एथ्लेटिकोका लागि डिएगो कोष्टा र कोकेले समान एक एक गोल गरे । सेभियाका पाब्लो सराबिया र नोलिटोले एक एक गोल फर्काए ।
यो जितसँगै एथ्लेटिकोले शिर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी कम गरेको छ । दोस्रो स्थानको एथ्लेटिको २५ खेलबाट ५८ अंक छ । लिग लिडर बार्सिलोनाको ६५ अंक छ । एथ्लेटिको बार्सिलोनाभन्दा ७ अंकले पछि छ ।
स्पेनिस लिग अन्तर्गत नै आइतबार राती चौथो स्थानको भ्यालेन्सियाले रियल सोसिडाडलाई २–१ ले हराएको छ । यस्तै एथ्लेटिको बिल्बाओले मालागालाई पनि २ –१ ले नै हराएको छ ।