site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवामाथि रामचन्द्र पौडेलको आरोपै आरोप– ‘लोक’ ले के भन्ला भन्ने पनि लागेन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि आरोपै आरोप तेर्स्याउँदै पार्टी सुधारका विकल्प पेस गरेका छन् । आइतबार केन्द्रीय समितिको बैठकमा सभापति देउवालाई बुझाएको लिखित पत्रमा देउवाकै कार्यशैलीले पार्टी पराजित भएको बताएका छन् ।

“राजदुत  नियूक्तिमा मैले समयमै दिएका सुझावलाई तपाईले घोर उपेक्षा गर्नुभयो,” उनले लिखित विचारमा भनेका छन्, “आईजी काण्डमा त्यस्तै गर्नुभो महाअभियोग प्रकरणमा लोकले के भन्ला ? भन्ने कुरा वास्तै गर्नुभएन न्यायाधीश नियूक्तिमा अपारदर्शी शैलीको प्रयोगदेखि सबै रेकर्ड तोड्ने गरी औचित्य नै नभएका व्यक्तिहरु थुपारेर जम्बो मन्त्रिपरिषद गठनले पनि नागरिक समाजमा चरम वितृष्णा फैलायो । फिर्तै लिन वाध्य हुनुपर्ने नियूक्तिहरु, आफैलाई घाँडो वनेर लाचारीपूर्वक पछि हटनुपर्ने महाभियोग जस्ता प्रकरणले कांग्रेसको छवीनै ध्वस्त पारे अनि जनतामा हाम्रो लोकप्रियता कहाँ पुग्यो र हामीले चुनाव जित्ने कसरी ?”

पौडेलले  प्रचण्डलाई एमालेबाट किन ल्याएको र एमालेमै जाने बेला के प्रयत्न गर्नुभयो ? भनेर पनि प्रश्न गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“प्रचण्डलाई एमाले सरकारवाट छुटाएर ल्याएँ भनेर गर्व गर्नुभयो, फेरि छोडेर एमालेमा मिल्न पुग्दा के प्रयत्न गर्नु भो ? वाम गठवन्धन कसरी वन्यो ? प्रचण्डलाई यतै राख्न मैले सहयोग गरेकै थिएँ र गर्न चाहेकै थिएँ । मधेश आधारित दलहरुसँग एकता वार्ता गम्भीर रुपले हुँदै भएन, उनका नेताहरुलाई भने ठाउँ सुरक्षित गरिदिने, हामीले के  लियौं ? रा.प्र.पा सँगको गठबन्धनको औचित्य पुष्टि हुन नसकेको मात्र हैन हाम्रो हातमा उल्टो परिणाम आयो ।” 

पौडेलले भनेका छन् – “नेपाली कांग्रेसको तेह्राैं महाधिवेशनवाट तपाई पार्टी सभापतिमा निर्वाचित भएपछि मैले तपाईसँग एकदिन भेटेरै भने –  देउवा जी, तपाईको सिंगो नेपाली कांग्रेसको सभापति बन्ने ईच्छा पूरा भएको छ, दलको नेता पनि चुनिनुभयो – प्रधानमन्त्री पनि सहजै बन्न सक्ने हुनुभाको छ । अब तपाईले चाहेको सबै पूरा भयो । तसर्थ अब तपाईँ सानो समुहको संरक्षक बन्नपट्टि नलागेर सिङ्गो कांग्रेसको नेता बन्न लाग्नुहोस । योग्यता र योगदानको आधारमा सवै साथिहरुलाई समानरुपले मुल्याङ्कन गर्न थाल्नुहोस, म तपाईलाई पूरापूर सहयोग गर्छु– कांग्रेस एक बनाएर लैजाऔं । गूटवन्दी र भागवण्डाको अवस्थानै मेटिदिऊँ, सवैको भलो हुन्छ । नत्र भने तपाईले केही मान्छेलाई मात्र काखी च्याप्दा त्यसभन्दा वाहिर परेकाहरुलाई कसैले संरक्षण दिन पर्यो नि । अनि त्यस पछि गूटवन्दी कसरी मेटिन्छ ? तर तपाई तयार हुनुभएन । परिणाम आज के भयो ? कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाँउमा पुग्यौं । ”

Global Ime bank

उनले पार्टीलाई विभाजनको अवस्थामा पुग्न नदिन सभापति नै अघि सर्नुपर्ने बताएका छन् ।

“राम्रा काम गरेर आफू सुरक्षित रहनुको सट्टा सामदामको आधारमा गूटको किल्ला दह्रो वनाएर आफूलाई सुरक्षित राख्ने नेता र कार्यक्रताले पार्टीमा आफ्नो भविश्य असुरक्षित र पूर्वाग्रही नेतावाट आफूलाई कहिल्यै न्याय नहूने महसुस गर्नुपर्ने अबस्थाले पार्टी पलायन वा पार्टी विभाजनको दिशातिर उन्मूख हुनेछ । यो स्थितिवाट पार्टीलाई जोगाउन भरपर्दौ आधार तयार गर्नु ढिलो भैसकेको छ ।”

उनले गुटको चिन्ता नगरेको भए पदाधिकारी र विभाग पनि सहज रुपमा गठन हुने अवस्था रहेको धारणा राखेका छन् ।

“आजपार्टीका सवै निकाय, सवै भातृ शुभेच्छुक  संस्था अस्त व्यस्त छन् । तपाईले के गर्नुभयो ?  एउटा काम तपाईले गर्नुभो – आफ्नो गूटको भरणपोषण । हो तपाईँको आफ्नो गुट मजवुद बन्यो होला तर विचरा कांग्रेस झनझन दुर्वल वन्यो ।  उठनै गाह्रो हुने गरी लथालिङ्ग हालतमा , दुःख पाएका निष्ठावान कार्यक्रता आमरुपमा उपेक्षित र कुण्ठित । सुदुरपश्चिमदेखि पूर्वसम्म तपाईँको जयजयकार गर्नेबाहेक अरु मर्माहात । भन्दाभन्दै त्यत्रा आयोग, त्यत्रा नियूक्ति नबनेको नबनै रहे । कम्यूनिष्टको हातमा गए । कांग्रेसीको योगदान, पञ्चायतका कालरात्रीदेखिको वलिदान कता हो कता । पार्टी सरकारमा गएपछि तत्काल राहतको प्याकेज ल्याएको भए पार्टीको लोकप्रियता बढ्ने थियो तर समय सकिएपछि अन्तमा आएर काम चलाउ भैसकेपछि जनतालाई पस्केको राहत जस पाउला भन्दा अपजसको भारी वनेको छ । समयमै किन नगरेको ? तपाईँको नेतृत्वमा न पार्टी चल्यो न सरकार ! पार्टी अहिलेसम्म अपुरोको अपुरै एउटा पनि प्रशिक्षण, एउटा पनि संगठनात्मक गतिविधि हुन सकेन । विधानअनुसारका प्रदेश अधिवेशन किन भएनन् ? धनुषा जिल्ला कमिटीविहीन किन वनाईयो ?”

उनले टिकट वितरणका क्रममा आफूले बैठक नै छाडेर हिँड्नुपर्ने अवस्था आएको बताए ।

“टिकट वितरणमा भएको मनोमानीले गर्दा योगदान भएका, सक्षम लोकप्रिय साथीहरु उमेदवारीवाट वञ्चित भए जसले गर्दा मैले पटक पटक वैठक छोडेरै हिडनुपर्नेसम्मका नौवत आईलाग्यो परिणाम जित्ने ठाउँमा हारियो पनि ।”


उनले कांग्रेसको लज्जाजनक हारको सभापतिले जिम्मेवार नलिने हो भने नैतिक शब्दको अथान्तर भइसकेको हुने पनि धारणा राखेका छन् ।
“हालै भएका निर्वाचनमा नेपाली कांग्रेसको पराजय केवल दुई कम्युनिस्टको गठबन्धनका कारण भएको होइन । यो वास्तवमा सहायक कारण हो, मुख्य कारण कांग्रेसको आन्तरिक शक्ति नै अत्यन्त कमजोर हुन पुग्नु हो । संघीयताको प्रारम्भिक अभ्यासमै कांग्रेस केन्द्रबाट मात्र बाहिरिएको होइन, पार्टीले सातमध्ये एउटै प्रदेशमा पनि सत्ता सञ्चालनको जिम्मेवारी पाएन । यसले के पुष्टि गरेको छ भने हरेक कोणबाट हरेक क्षेत्रमा दयनीय अवस्थामा पुगेको छ । स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचनमा यत्ति लज्जाजनक परिणामका लागि यदि पार्टीका सभापतिले कुनै नैतिक जिम्मेवारी लिनुपर्दैन भने अब कांग्रेसमा नैतिक शब्दको अर्थान्तर भइसकेको बुझ्नुपर्ने हुन्छ । केन्द्र र सातै प्रदेशमा कांग्रेसको भूमिका प्रतिपक्षको भएको छ । तर प्रतिपक्षका रुपमा पनि, संख्याका हिसाबले, कांग्रेससँग सरकारका गलत निर्णय सच्याउन दबाब दिनुपर्ने भयो भने, बल पुग्ने छैन । त्यस अवस्थामा प्रतिपक्ष निरीह भएर बस्नुपर्ने हुनसक्छ, हुन्छ ।” 
उनले राजदूत नियुक्तिमा पनि आफ्नो सुझावलाई उपेक्षा गरेको बताएका छन् ।
“सार्वजानिक रुपमै उत्रेर बोलौं भने चुनावको मुखमा पार्टीलाई झन अप्ठयारो भनिएला भनेर सोच्दा म आफैलाई नोक्सानी भएको छ,” पौडेलले भनेका छन्, “दोहोरो मर्का बेहोर्नुपरेको छ । पार्टीमा पैसा हाबी भएको कुरा प्रकट रुपमै आईरहेको छ । पैसाको राजनीतिले पार्टीको नैतिक शक्ति क्षीण गराएको छ । पार्टी सरकारमा रहेको अनुभुति कतै भएन । तपाईका अति विश्वास पात्र अर्थमन्त्रीले मन्त्रालयहरुलाई विकास बजेट र राहत बजेट सवै रोकेर राखे । क्याविनेटमा भएका मन्त्री पनि एकथरीलाई सौतेलो व्यवहार भएको गुनासो छ ।”

उनले चुनाव प्रचण्ड वा केपी ओलीकै नेतृत्वमा भएको भए पनि अहिलेको भन्दा कांग्रेसको अवस्था राम्रो हुन सक्ने बताएका छन् ।
“चुनाव प्रचण्ड वा केपीकै तेतृत्वमा भएको भए पनि अहिलेको भन्दा हाम्रो हालत राम्रो हुन्थ्यो,” उनले भनेका छन्, “जनताको सहानुभुति र माया हामीमाथि रहन्थ्यो । आज हामीले जनताको सहानुभुति पनि भोट पनि दुवै गुमाएका छौं । प्रचण्डलाई एमाले सरकारवाट छुटाएर ल्याएँ भनेर गर्व गर्नुभयो, फेरि छोडेर एमालेमा मिल्न पुग्दा के प्रयत्न गर्नुभो ? वाम गठवन्धन कसरी बन्यो ? प्रचण्डलाई यतै राख्न मैले सहयोग गरेकै थिएँ र गर्न चाहेकै थिएँ । मधेश आधारित दलहरुसँग एकता वार्ता गम्भीर रुपले हुँदै भएन, उनका नेताहरुलाई भने ठाउँ सुरक्षित गरिदिने, हामीले के  लियौं ? राप्रपासँगको गठबन्धनको औचित्य पुष्टि हुन नसकेको मात्र हैन हाम्रो हातमा उल्टो परिणाम आयो ।”
उनले नेता बन्नतर्फ सभापति नलागेको पनि आरोप लगाएका छन् ।
“मैले शुरुमै भने झै मुल्याङ्कनमा चल्न र गुट मास्न तपाईँ तयार भै दिएको भए तपाई सिंगो कांग्रेसको हाई–हाईको नेता बन्नुहुन्थ्यो । तपाईँले त्यागको उदाहरण प्रस्तुत गरेको भए तपाईँ र पार्टी दुवैको हित हुन्थ्यो । इतिहास निर्माण गर्न सक्नुहुन्थ्यो  । भोगको गिनिजवूकमा नाम लेखाउन खोज्दा मान्छेले कस्तो नजरले हेरेका छन् ?”

“पार्टी हारेको होईन उमेदवार हारेका हुन् !” यो कस्तो कुर्तक ?,” पौडेलको प्रश्न छ, “निर्वाचन पार्टीले लड्ने हो उमेदवार त्यसका प्रतीक हुन् भन्ने कुरा पनि तपाईलाई हेक्का रहेनछ ।  सात सात वटा प्रदेशमध्ये एउटा प्रदेशमा पनि आज कांग्रेसले खुट्टा राख्ने ठाम छैन । कस्तो नहारेको कांग्रेस हगि ! त्यहाँ तपाईले शेरबहादुर जिन्दावाद भनेर सिकाउनुभयो – कांग्रेस जिन्दावाद सिकाउनुभाको रैनछ– आज समयले त्यो देखायो । परिणाम त्यस्तो आयो । त्यसैले अब तपाईँ पार्टीप्रति चिन्ता गर्नुहुन्छ भने दोहर्याई तेहर्याई पद ओगटने काममा नलाग्नोस् । संसदीय दलको नेता अरु कसैलाई बन्न दिनोस् । आफ्नो स्वार्थको लागि पार्टी र प्रजातन्त्रलाई जोखिममा राख्ने हैन पार्टी, प्रजातन्त्र र राष्ट्रका लागि आफुलाई जोखिममा राख्ने नै निष्ठावान व्यक्ति हो । केन्द्रिय समितिका निर्णयलाई उपहास तुल्याउने  र उल्टयाउने काम बारम्बार भएको छ । अनि कसरी पार्टीमा संस्थागत विकास हुन्छ ?”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०७४  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC