site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
नेपाली फुटबलमा म्याच फिक्सिङ चलिरहेकै छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । आगामी चैत १४ गते अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनाव हुँदैछ । चुनावी मैदानमा एन्फाको नेतृत्व सम्हाल्नका लागि पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा र अहिलेका वरिष्ठ उपाध्यक्ष मणि कुँवर उत्रिएका छन् । दुबै टिमले आ–आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । 
फिफाबाट भ्रष्टाचारको आरोपमा १० वर्ष प्रतिबन्धमा परेका गणेश थापाको विरुद्धमा लामो समय लडेका शेर्पासँग चुनावको बारेमा बाह्रखरीका सरोज तामाङले गरेको कुराकानीः

चुनावको माहोल र समीकरण कस्तो बन्दैछ ?
समीकरण हाम्रो खास त्यस्तो खासै केही छैन । हामीले माघ २४ गते जुन घोषणा गर्यौं, त्यो बाहेक अन्य केही छैन । हाम्रो टिमबाट उमेदवार अलि बढी छन् । दाबी विरोधपछि अन्तिम नामावली प्रकाशित हुन्छ, त्यसपछि फेरि नाम फिर्ता लिने समय छ । त्यसबेला हाम्रो साथीहरूले नाम फिर्ता लिनेछन् । अनि विधानअनुसारको टिम घोषणा गरेर हामी अघि बढ्छौं ।

तपाईंको प्यानलमा उपाध्यक्षलगायत केन्द्रीय सदस्यमा दाबी गर्ने धेरै छन्, कसरी मिलाएर लानुहुन्छ ?
त्यस्तो छैन । हामीलाई जम्मा ४ जना उपाध्यक्ष चाहिनेमा ६ जना छन् । त्यसमा २ जनाले फिर्ता गर्न बाँकी छ । त्यो हामी म्यानेज गर्दैछौं । धेरै साथीहरूको के छ भने फुटबलमा परिवर्तन हुनुपर्छ । पद भन्दा पनि ठूलो कुरा परिवर्तनको लागि जस्तोसुकै पनि त्याग तपस्या गर्न साथीहरू तयार छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बि डिभिजनका साथीहरूमा त्यो म्यानेज भइसकेको छ । ए डिभिजनका क्लबहरूमा पनि म्यानेज भइसकेको छ । अब केही जिल्लाका साथीहरूसँग म्यानेज गर्न बाँकी छ । सदस्यमा पनि त्यति खास समस्या छैन ।

पदीय बाँडफाँडमा तपाईंकै पक्षमा पनि असन्तुष्ट त निस्किएला नि ?
अब यो नेपालमा हुने त स्वभाविकै हो । तर मैले सोचेको जस्तो भएन । जस्तै– मैले सुरुमा जिल्ला अधिवेशन सकिँदा २२–२३ जना उपाध्यक्ष होला, ३२–३३ जना केन्द्रीय सदस्य होला भन्ने थियो । तर त्यसो भएन । अहिले हामीलाई १२ जना केन्द्रीय सदस्य चाहिनेमा १७–१८ जना देखिएका छन् । ४ जना उपाध्यक्ष चाहिनेमा ६ जना देखिएका छन् ।
टिम घोषणा गर्ने समय लामो भएका कारण हामी मिलाइहाल्छौं । यसमा कुनै समस्या छैन ।

Global Ime bank

विगतको पराजयबाट कतिको सतर्क भएको छ ?
मैले २०७० सालमा एन्फा विधान र विधिअनुसार जानुपर्छ भनेर मुद्दा उठाएको थिएँ । त्यो मुद्दाको अन्त्य भनेको निर्वाचन थियो । किनभने अध्यक्षलाई कारबाही गरेको थियो । एउटा उपाध्यक्षको पद खाली थियो । त्यतिबेला मध्यवती निर्वाचनमा मलाई वरिष्ठ उपाध्यक्ष पदमा अफर आएको थियो । तर त्यो लिँदा एउटा पदमा झुकेको जस्तो हुन्छ । चुनाव जित्ने भन्दा पनि चुनावको अन्त्य गरेको मात्र हो ।

यसपालि चाहिँ मैले अभियान हैन कि चुनाव नै लड्दैछु । यो निर्वाचनमा म एक्लै छैन । पूरै कार्यसमिति लड्दैछ । सिंगै देशका प्रतिनिधि लड्दैछन् ।

यसपालि २०–२२ वटा क्लब र जिल्ला चुनाव नलडी मलाई सहयोग गर्ने भएका छन् । बाँकी रहेको १७ वटा जिल्लामात्रै हामीसँग चुनाव लड्दै छन् । ५० प्रतिशत त हामी सजिलै कटाउँछौं । 

घात–प्रतिघात हुने सम्भवना पनि त उत्तिकै छ नि ?
यो पटक धेरै सम्भावना कम छ । पहिले जसको कारण चुनाव हारेका थियौं, उहाँहरू यो पटक हामीसँगै हुनुहुन्छ । अविश्वास सधैं हुने भन्ने कुरा पनि हुँदैन । एउटा घटनामा अविश्वास हुन सक्छ, अर्कोमा विश्वास हुन सक्छ । उहाँहरूको प्रतिबद्धता छ । 

क्लब र जिल्लामा हामी दुई तिहाईमा छौ । त्यसकारण घातप्रतिघात हुने सम्भावना कम छ । हाम्रो विपक्षमा उठेको पक्षको टिम नै नपुग्ने सम्भावना देख्छु । टिममा लड्ने साथीहरू कतिपयको भोटिङ अधिकार नै छैन । जबकी अध्यक्षका प्रत्यासी मणि कुँवरजीको पनि भोटिङ राइट्स नै छैन । मेरो त भोटिङ राइट्स छ । उहाँहरूको त्यस्तो उमेदवार छन् ।
उहाँहरूको कार्यकालले १६ महिनासम्म लिग पनि गराउन सक्नु भएन । ग्रासरुट लेभलको कार्यक्रम पनि गर्न सक्नु भएन ।

उहाँहरूले १६ महिनामा के गर्नुभयो भन्दा ढुकुटीमा भएको २–३ करोड खर्च गर्ने काममात्रै गर्नुभयो । सँगै बसेका साथीहरूले मूल्याङ्कन त गर्छन् नि । हिजो सँगै किन बसेको भन्दा उहाँहरूले केही राम्रो गर्छ कि भनेर पो बसेको हो त कतिपय साथिहरू । अब नगरेपछि त्यहाँ बसिरहने कुरा पनि भएन । मेरो पनि परीक्षालिनु पर्यो नि त, त्यसैले यो पटक सबै साथीहरू हामीसँग छन् ।

नेपाली फुटबलको विकासका लागि तपाईंको एजेण्डा के हो ?
यसमा एजेण्डा क्लियर छ । मैले गत साल पनि उठाएको हो । सबै भन्दा पहिले विधि र विधानअनुसार संस्थालाई चलाउनु पर्यो । सामूहिक नेतृत्व र विकेन्द्रीकरण हुनुपर्यो ।
सामूहिक नेतृत्व भनेको एन्फाका अध्यक्ष, उपाध्यक्ष तथा सदस्यले पनि काम गर्ने अधिकार पाउनुपर्यो । यतिमात्रै नभएर एन्फाका समिति पनि क्रियाशिल हुनुपर्छ । जिल्ला फुटबल संघले पनि काम गर्ने अधिकार पाउनुपर्यो ।
एन्फा क्रियाशील हुनका लागि विधि र विधानअनुसारको नियम बनाउनुपर्छ । जस्तो– एन्फाको विधान छ तर कार्यविधि, निर्देशिका र नियमवाली छैन । यो तीन वटा चिज नभइन्जेल कार्यान्वयन हुँदैन ।
जिल्लाको विधान छैन । आर्थिक रुपमा खर्च गर्न आर्थिक नियमवाली छैन । कर्मचारी सञ्चालन र नियुक्तिको लागि कर्मचारी सञ्चालन नियमावली छैन । संस्थाको संरचना अहिलेसम्म स्पष्ट छैन । विभिन्न समितिको कार्यविधि र निर्देशिका छैन । नियम कानुनबाट फुटबल संघ अहिले अपांग छ ।
त्यसैले हामी आएको तीन महिनासम्म रोडम्याप तयार गर्ने हो ।
दोस्रो एजेण्डा भनेको हामी निर्वाचित भएको तीन महिनाभित्र लिग सुरु गर्ने । लिग कस्तो फम्र्याटमा भन्दा विकेन्डमा मात्रै गर्ने । यो ६ महिनासम्म सञ्चालन हुन्छ । अफ सिजनमा हामी लिग गराउँछाैं । सिजनमा हामी मोफसलको प्रतियोगिता गराउँछाैं । १२ महिना नै फुटबलमय बनाउँछाैं । खेलाडीलाई व्यस्त बनाइराख्ने, क्लबहरूलाई आत्मनिर्भर बनाउने, तयारी खर्च बढाउने, म्याच फिक्सिङ हटाउन पुरस्कार राशि घटाउने आदि योजना छन् । 

भनेपछि नेपाली फुटबलमा म्याच फिक्सिङ चलिरहेको छ ?
म्याच फिक्सिङ त हामीले देखिरहेको कुरा नै हो नि । जित्नुपर्ने टिम हारिरहेको छ, हार्नुपर्ने टिम जितिरहेको छ । म्याच फिक्सिङ भनेको खेलकुदकै क्यान्सर हो । त्यसैले म्याच फिक्सिङ हटाउन विभिन्न मापदण्ड बनाउनुपर्छ ।

लिगलाई व्यवस्थित गर्ने काम हामी गर्छौ । तीन वर्षभित्र फुटबल लिग व्यावसायिक बनाउँछौं । जबसम्म फुटबलमा व्यावसायिक लिग हुन सक्दैन, तबसम्म फुटबलको विकास हुन सक्दैन । अन्तर्राष्ट्रियस्तरको लिगको प्रतिस्पर्धामा जानु आवश्यक छ । पूर्णरुपमा व्यावसायिक बनाउने हाम्रो लक्ष्य हो । त्यसको दीर्घकालिन रोडम्याप बनाउँछौं ।
देशको हरेक जिल्लामा एकदेखि छ–सात वटासम्म ट्रेनिङ सेन्टर बनाउँछाैं । टेनिङ सेन्टर सफल भइसकेपछि हामी सातै वटा प्रदेशमा पुरुषको दुई वटा र महिलाको दुई वटा एकेडेमी बनाउँछौ ।

यो त एजेण्डाको कुरा भयो, तपार्इंले आफ्नो प्रतिस्पर्धीलाई कसरी हेर्नु भएको छ ?
मैले मेरो प्रतिस्पर्धी मणि कुँवरलाई त्यति बलियोको रुपमा हेरेको छैन । किनभने उहाँ र ममा के फरक छ भने मैले सी, बी र ए डिभिजनको क्लब चलाएर आएको हो । जिल्ला संघ हुँदै एन्फामा पनि काम गरिसकेको मान्छे । उहाँले मैलेजतिको कर्म गर्नुभएको छैन । म कर्मै गरेर आएको । म कमल थापाको भाइ भएर फुटबल संघको अध्यक्ष भएजस्तो होइन । राजनीतिक हिसाबले ठूलो नेताको छोरा होइन । मैले काम गरेको आधारमा सबै जिल्लाका साथीहरूले मलाई विश्वास गरेका हुन् ।

उनी गणेश थापाको सालो भएका कारण आएका हुन् । गणेश थापा  फिफाले १० वर्ष प्रतिबन्ध लगाएको मान्छे हो । प्रतिबन्ध लगाएको मान्छेलाई भोट दिन्छ कि साँच्चिकै प्रतिबन्ध लगाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने मान्छेलाई भोट दिन्छ ?

हुन सक्छ, हिजो नेपाली फुटबल एउटा परिवारमुनि थियो । परिवारको मुनि नातावाद, कृपावाद थियो । परिवारवादले नेपाली फुटबल सञ्चालन गरेको थियो । केही दासहरू अझै पनि बाँकी होलान् । तर, दासबाट माथि उठेर धेरै मान्छे आएका छन् । अब नेपाली फुटबललाई विकास गर्नुपर्छ ।

तत्कालिन एन्फा अध्यक्ष गणेश थापाविरुद्ध आर्थिक पारदर्शिता भएन भन्दै छानविनको मागसहित अभियान नै चलाउनु भएको थियो तर, त्यो अभियान अहिले कता पुग्यो ?
उहाँ आफ्नो नाता, दास र हनुमानलाई नै एन्फामा किन ल्याउन खोज्नु हुन्छ ? हामी एन्फामा पुग्यौं भने सबै कुराको पर्दाफास हुन्छ । भ्रष्टाचार छताछुल्ल हुने भयो । त्यसलाई लुकाउन, ढाकछोप गर्न पनि आफ्नो मान्छे ल्याउन खोजेका हुन् । जबसम्म हामी त्यहाँ पुग्न सक्दैनौ, तबसम्म हामीले उठाएको कुरा पूरा हुँदैन ।

लेखा समितिले प्रमाणित पनि गरिसकेको हो । अख्तियारले पनि सुरुमा त एक्सन नै लिइसकेको थियो । तर बीचमा अख्तियारले किन यस्तो गर्यो, मलाई पनि थाहा छैन । अख्तियारले तामेली राख्न सक्दैन । त्यस्तो केस हो तर राख्यो । त्यहाँ केही सौदाबाजी भएको छ, लेनदेन भएको छ । २–३ लाख घूस खाने मान्छे जेल जान्छ, करोडाैं कमाउने मान्छे मिलाएर बसी रहन्छ । 

तपाईं एन्फा अध्यक्ष हुनुभयो भने विगतमा एन्फामा भएको अन्यमितताको पुनः छानविन हुन्छ ?
छानविनभन्दा पनि हिजो जेजस्तो भएको थियो, त्यो हामी पुगेकै दिनदेखि अन्त्य हुन्छ । 

विगतमा भएको भ्रष्टाचारलाई चाहिँ छानविन गर्नु हुन्छ की हुन्न ?
पहिले त अन्त्य गर्नुपर्यो नि । त्यसपछि गएर खेलाडी, प्रशिक्षक र फुटबलको विकास गर्नतर्फ लाग्नुपर्यो । व्यक्तिको पछि लागेर त्यो भ्रष्टाचारलाई नै छानेर बस्ने की फुटबलको विकास गर्ने ? पहिलो प्राथमिकता भनेको हामी अगाडि बढ्ने हो ।

चुनाव जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? 
पहिलेको भन्दा निकै अन्तरले जित्छाैं । मैले यसो हेर्दा ५५ देखि ६० भोट आउने देख्छु । हाम्रो यो स्पिड कायमै भइरह्यो भने त धेरै नै भोट आउँछ जस्तो लाग्छ । मान्छेहरू कसको पल्ला भारी भनेर हेरीरहेका हुन्छन् । जित्नेचाहिँ निश्चित नै छ । कति भोट आउँछ भन्ने संख्या मैले भन्न थालें भने त चुनावमा किन भाग लिनु ?

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०७४  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC