site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मजदुर संगठनहरुको भेला काठमाडौंमा सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरको सम्बन्धमा नीति बनाउन एशिया प्रशान्त क्षेत्रका नेपालसहित पाँच देशका मजदुर संगठनहरुको भेला काठमाडौमा सुरु भएको छ ।

काठमाडौंमा  सुरु समीक्षा बैठकमा नेपालसहित बंगलादेश, लावस र थाइल्यान्डका मजदुर संगठनका प्रतिनिधि  भेला भएका हुन् । अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरको जिविकोपार्जनमा नै समस्या भएको भन्दै एशिया प्रशान्त क्षेत्रका मजदुर संगठनहरुले औपचारिक मजदुर बनाउन विभिन्न शिपमूलक तालिम र बैकल्पिक ब्यबसाय गर्न सहयोग गर्दै आएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यो भेलामा सहभागि मजदुर संगठनहरुले आफ्नो देशमा भईरहेको कामको अनुभव सुनाउनेछन् । मजदुरको क्षेत्रमा काम गर्न इच्छुक श्रीलंका र भियतनामले सिकाई र अनुभवसहित कार्ययोजना बनाउने कार्यक्रम पनि रहेको छ । कृषि, विकास निर्माण र घरायसी काममा रहेका मजदुरलाई आनौपचारिक मजदुरको रुपमा परिभाषित गरिँदै आएको छ ।

यस्ता क्षेत्रमा काम गर्ने मजदुरको कामको समयको सीमा नहुने ज्याला न्युन हुने, सामाजिक सुरक्षा नहुने कारणले जिविकोपार्जनमा नै समस्या छ । नेपाल, लाओस, बंगलादेश र थाईल्याण्डका मजदुर संगठनले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरलाई औपचारिक बनाउन विभिन्न शीपमूलक तालिम व्यवसाय गर्न बीउ पुँजी उपलब्ध गराई सहयोग गर्ने गरेका छन् । नेपालमा पर्सा मोरङ ललितपुर र भक्तपुरमा यो कार्यक्रम संचालन भईरहेको छ । 

Global Ime bank

दुई दिन हुने छलफलले २०१८ मा गरिने कार्यक्रमको निर्माण गर्ने आयोजक मध्यको एक ट्रेड युनियन कांग्रेसले बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC