राजनीति
काठमाडौं । विभिन्न स्थानमा बम र चन्दा आतंक मच्चाएको आरोपमा विप्लव निकट अनेरास्ववियू (क्रान्तिकारी)का महासचिव दिपेन्द्र चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । चलाउनेलाई शुक्रबार (आज) काठमाडौंको हात्तिसारबाट पक्राउ गरिएको हो ।
चलाउनेलाई महानगरीय प्रहरी वृत कमलापोखरीमा राखिएको छ । शान्तिसुरक्षामा खलल पुर्याएको भन्दै केही सार्वजनिक अपराध अन्तर्गत उनलाई मुद्दा चलाइएको काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशीले बताए । प्रहरीले नेकपाका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ । स्रोतका अनुसार प्रहरीले चलाउनेको कोठाबाट केही सामानसमेत बरामद गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४ १७:३९
प्रतिक्रिया दिनुहोस्