site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकारद्वारा नेपाली क्रिकेट टिमलाई नगदसहित सम्मान
Ghorahi CementGhorahi Cement

काठमाडौं । जिम्बाबेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोट क्रिकेटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई सरकारले ३ लाख नगदसहित सम्मान गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले शुक्रबार आफ्नै निवास बालुवाटारमा नेपाली क्रिकेट टिमलाई जनही ३ लाख नगदसहित सम्मान गरेका हुन् ।

Agni Group

नेपाली टिमका १४ जना खेलाडी प्रशिक्षक टिम म्यानेजर र फिजियोलाई सरकारले जनही ३ लाख नगदसहित सम्मान गरेको हो । त्यस्तै, मदन भण्डारी स्पोर्टस एकेडेमीले पनि प्रत्येक खेलाडीलाई सोही अवसरमा जनही १ लाख नगदले सम्मान गरेको छ ।

नेपाली क्रिकेट टिम अहिले विश्वकप छनोटलाई मध्यनजर गर्दै क्लोजक्याम्पमा ब्यस्त छ ।

Global Ime bank

नामिबियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा उपविजेता बन्दै विश्वकप छनोटमा पुगेको नेपालले विश्वकप छनोटको समूह वि मा रहेको छ । सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपको लागि हुने छनोट मार्च १ बाट १५ सम्म चल्नेछ । छनोटको समूह बी मा आयोजक जिम्बाबेसँगै नेपाल, अफगानिस्तान,  स्कटल्याण्ड र हङकङ रहेका छन् । नेपालले पहिलो खेलमा मार्च ४ मा जिम्बाबेसँग खेल्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC