देश
काठमाडौं । कोदालोले हिर्काएर आफ्नै बहिनीको हत्या गरेको अभियोगमा बर्दियाका एक युवा पक्राउ परेका छन् । बर्दिया नगरपालिका ३ का १७ वर्षिय श्याम थारु आफ्नै १५ वर्षीय बहिनी सावित्री थारुको हत्या गरेको अभियोगमा समातिएका हुन् । श्यामले घरायसी विवाद घरमा सुतिरहेकी बहिनीको हत्या गरेको प्रहरीले जनाएको छ ।
कोदालोको आक्रमणबाट घाइते सावित्रीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । हत्या आरोपमा प्रहरीले श्यामलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४ १६:५०
प्रतिक्रिया दिनुहोस्