site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध आन्दोलन गर्न ‘आन्दोलन परिचालन समिति’ गठन गरेका छन् । 
काठमाडौंको रवीभवनस्थित नेपाल तरुण दलको कार्यालयमा शुक्रबार दिउँसो बसेको कांग्रेसका भ्रातृ संगठनहरुको संयुक्त बैठकले आन्दोलन परिचालन समिति गठन गरेको हो ।

राष्ट्रपति भण्डारीको कदम असंबैधानिक भएको दावी गर्दै आएका कांग्रेसका भ्रातृ संगठनहरुले आन्दोलनका कार्यक्रम तय गर्न आन्दोलन परिचालन समिति गठन गरेको तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले जानकारी दिए । उनका अनुसार बैठकले राष्ट्रपतिको कदमविरुद्ध थप शान्तिपूर्ण कार्यक्रम गर्ने गरी आन्दोलन परिचालन समन्वय समिति बनाउने निर्णय गरेको हो । 

Agni Group

कांग्रेसका भ्रातृ संगठनहरुले गठन गरेको आन्दोलन परिचालन समितिमा तरुण दलका महासचिव शाही, नेपाल विद्यार्थी संघका उपाध्यक्ष नवीन राई, महामन्त्रीद्वय सरोज थापा र कुन्दनराज काफ्ले, तरुण दलका कोषाध्यक्ष बिद्धान गुरुङ, नेपाल किसान संघका गणेश तिमिल्सिना, नेपाल दलित संघका कार्यवाहक अध्यक्ष शम्भु हजरा पासवान, नेपा महिला संघका केन्द्रीय सदस्यद्वय समिता खड्गी र लता घिमिरे रहेका छन् ।

केही दिनअघि संयुक्त पत्रकार सम्मेलन गरेर राष्ट्रपति भण्डारीको पछिल्लो कदम विरुद्ध संघर्ष गर्ने उद्घोष गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि प्रस्ताव गरेका तीन जनाको नाम हटाएर वर्तमान सरकारले गरेको सिफारिश राष्ट्रपति भण्डारीले पारित गरे पछि कांग्रेस र उसका भातृ संगठनहरुले असन्तुष्टि जनाउँदै आएका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC