site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी प्रधान कार्यालयले लोकसेवा आयोगले पठाएको लिखित परीक्षाको नतिजा लुकाएर अर्को नतिजा प्रकाशित गरेको भन्दै परेको रिट खारेज गरेको छ । प्रहरी निरीक्षकको लिखित परीक्षामा लोकसेवा आयोगले पठाएको नतिजालाई लुकाएर प्रहरी प्रधान कार्यालयले छुट्टै नतिजा प्रकाशित गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो । शुक्रबार (आज) न्यायाधिश चोलेन्द्रशमशेर राणा र हरिकृष्ण कार्कीको संयुक्त इजलाशले तीन जना प्रतिस्पर्धीले दायर गरेको रिट खारेज गरेको हो । 

परीक्षाका प्रतिस्पर्धीहरु द्वारिकाधिश घिमिरे, सन्देशमणि सापकोटा र सरोज कार्कीले प्रहरी प्रधान कार्यालयले लोकसेवा आयोगको नतिजाभन्दा फरक नतिजा सार्वजनिक गरेको भन्दै रिट दायर गरेका थिए । आयोगले प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षामा सफल भएकाहरुलाई गत कात्तिक २४ देखि २७ सम्मको परीक्षामा सामेल गरेको थियो । यसअघि सर्वोच्चले विपक्षीहरुलाई छलफलका लागि बोलाएको थियो । तीनैजनाले फागुन ९ गते रिट दायर गरेका थिए । 

प्रतिस्पर्धीले दायर गरेको रिटमा उच्च अधिकारी र पहुँचवालाका आफन्तलाई ‘घुसाउन’ छुट्टै नतिजा प्रकाशन गरिएको दाबी गरेका थिए । लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा माघ २२ गते प्रहरी प्रधान कार्यालयले आफ्नो वेबसाइटमा प्रकाशन गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC