site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विन्टर ओलम्पिक सकिन दुई दिन बाँकी, नर्वेलाई सर्वाधिक पदक
Sarbottam CementSarbottam Cement

एजेन्सी । दक्षिण कोरियामा जारी विन्टर (शीतकालीन) ओलम्पिक खेलकुद सकिन अब दुई दिन बाँकी छ । प्योङचाङमा जारी २३ औं संस्करणको विन्टर ओलम्पिकमा आज १४ औं दिनको खेल चलिरहेको छ  ।

प्योङचाङको विभिन्न १३ स्थानमा भैरहेको विन्टर ओलम्पिकको समापन आइतबार एक भव्य कार्यक्रमका बीच हुनेछ । ओलम्पिकको चौधौं दिन शुक्रबार चार स्वर्णको लागि प्रतिस्पर्धा हुँदैछ ।

विन्टर ओलम्पिकको इतिहासमै सबैभन्दा चिसो मानिएको प्योङचाङ ओलम्पिकमा १५ खेलमा १०२ पदकको लागि ३ हजार बढी खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । हालसम्म ८९ स्वर्ण पदकको छिनोफानो भईसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विन्टर ओलम्पिकको १४ औं दिनको खेल जारी रहँदा पदक तालिकामा नर्वेले अग्रता बनाइरहेको छ । नर्वेले १३ स्वर्ण, १२  रजत र १०  कास्यसहित कुल ३५ पदक जितेको छ । दोस्रो स्थानको जर्मनीले १३ स्वर्ण, ७ रजत र ५ कास्य जित्दै कुल २५ पदक जितेको छ ।

यस्तै पदक तालिकाको तेस्रो स्थानमा रहेको क्यानडाले १० स्वर्ण, ८ रजत र ९ कास्यसहित कुल २७ पदक जितेको छ । चौथो स्थानको अमेरिकाले ८ स्वर्ण, ७ रजत र ६ कास्यसहित २१ पदक जित्दा नेदरल्याण्डले ७ स्वर्ण, ६ रजत र ४ कास्यसहित १७ पदक जित्दै पाँचौं स्थान ओगटेको छ  ।

Global Ime bank

त्यस्तै स्विडेन, फ्रान्स र अष्ट्रियाले समान ५ – ५ स्वर्ण पदक जित्दा आयोजक दक्षिण कोरियाले ४ पदक जितेको छ । हालसम्म स्विजरल्याण्ड, जापान र इटालीले ३ – ३ स्वर्ण जित्दा बेलारुसले २ स्वर्ण जितेको छ । त्यसबाहेक चीन, चेक रिपब्लिक,स्लोभाकिया, ग्रेट ब्रिटेन, पोल्याण्ड, हंगेरी र युक्रेनले समान १ – १ स्वर्ण पदक जितेका छन् ।

यो पटक ओलम्पिकको झन्डामुनी रहेर सहभागिता जनाएको रुसका एक खेलाडीले स्वर्ण पदक जितेको छ । तटस्थ झण्डामुनी  सहभागिता जनाएकी रुसकी १५ बर्षीय एलिना जागीतोभाले फिगर स्केटिङमा स्वर्ण जितेकी हुन् ।

प्योङचाङ विन्टर ओलम्पिकमा रुसका १६९ खेलाडीले तटस्थ झण्डामुनी रहेर खेलिरहेका छन् । तटस्थ झण्डामुनी  रहेर ओलम्पिक खेलेका खेलाडीहरुले ५ रजत र ८ कास्यसहित कुल १४ पदक जितेका छन् ।

 

\"\"

 

\"\"

 

\"\"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC