site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमको विरोध गर्दै आएका प्रतिपक्षी नेपाली कांग्रेसका भ्रातृ संगठनहरु आगामी आन्दोलन तय गर्ने तयारीमा जुटेका छन् । राष्ट्रपति भण्डारीलाई आफ्नो पछिल्लो निर्णय फिर्ताका लागि दबाब दिन कांग्रेसका भ्रातृ संगठनहरु आगामी आन्दोलन तय गर्ने तयारीमा जुटेका हुन् । 

केही दिनअघि संयुक्त पत्रकार सम्मेलन गरेर राष्ट्रपति भण्डारीको पछिल्लो कदमविरुद्ध संघर्ष गर्ने उद्घोष गरेका कांग्रेसका आधा दर्जन भ्रातृ संगठनहरुले आज संयुक्त छलफल गर्ने भएका छन् । 

Agni Group

संविधान विपरित सरकार पिच्छे फरक–फरक व्यवहार खोजेर राष्ट्रपति भण्डारी सक्रिय भूमिकातर्फ उन्मुख भएको आरोप लगाउँदै कांग्रेसका आधा दर्जन भ्रातृ संगठनहरुको बैठक दिउँसो १ वजे नेपाल तरुण दललको कार्यालय रवीभवनमा बोलाइएको छ । 

नेपाल महिला संघ, तेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ, नेपाल ट्रेड यूनियन कांग्रेस र नेपाल प्रेस यूनियनको संयुक्त बैठकमा राष्ट्रपतिको कदमविरुद्ध कसरी अगाडि जाने भन्ने विषयमा छलफल हुने तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले जानकारी दिए । 

Global Ime bank

‘‘कांग्रेसका भ्रातृ संगठनहरुको संयुक्त बैठक डाकिएको छ । बैठकले राष्ट्रपतिलाई पछिल्लो निर्णय फिर्ताका लागि दबाब दिन आगामी कदम तय गर्छ,’’ उनले बाह्रखरीसँग भने । 
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि प्रस्ताव गरेका तीन जनाको नाम हटाएर वर्तमान सरकारले गरेको सिफारिस राष्ट्रपति भण्डारीले पारित गरेपछि कांग्रेस र उसका भातृ संगठनहरुले असन्तुष्टि जनाउँदै आएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  ११:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC