site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवा गुटको मात्रै सभापति : सिँह 
Sarbottam CementSarbottam Cement

सिन्धुली । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस विधिसम्मत रुपमा नचलेको बताएका छन् ।

नेपाली कांग्रेस सिन्धुली र नेपाल प्रेस युनियनले अायाेजना गरेकाे छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले केही नेताहरूको मनोपोलीमा कांग्रेसलाई चलाइएको आरोप लगाएको उनको सचिवालयले जनाएको छ । 

‘कांग्रेस विधिसम्मत रुपमा चलेको छैन’, उनले भने, ‘म पनि त्यही कार्यसमितिमा छु । कांग्रेसलाई सुधार गरेर लैजानुपर्छ भनेर दबाब दिइरहेको छु ।’

Prabhu Bank
Agni Group
NIC Asia

विधान मिच्ने काम सभापति र वरिष्ठ नेताबाट भएको आरोप लगाएका नेता सिंहले भने, ‘अहिलेसम्मको गल्तीलाई सच्चाएर जानुपर्छ भनेर दबाब  दिएको छु । म संसदीय समिति र कार्यसम्पादन समितिको बैठकमा गएको छैन । मैले अडान लिएको छु ।’

विधि र कानूनअनुसार चल्नुपर्ने उनले बताए ।

Global Ime bank

कांग्रेसका सीमिति नेताहरूका कारण निर्वाचनमा पार्टीले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताए । सभापति देउवा गुटको मात्रै सभापति जस्तो देखिएको बताए । ‘सभापति शेरबहादुर देउवाजी सबैको सभापति बन्न सक्नु भएन । गुटको मात्रै सभापति बन्नुभयो,’ उनले भने ।

‘कांग्रेस राम्रो भयो भने सबैको भविष्य राम्रो हुन्छ । पार्टीको भविष्य भएन भने हाम्रो पनि भविष्य रहँदैन’, कांग्रेसका नेता सिंहले भने, ‘कांग्रेसलाई जोगाउन लग्नुपर्छ । विशेष व्यक्ति र नेतालाई मानेर जाने होइन । कांग्रेसको सिद्धान्त र आदर्शलाई मानेर जानुपर्छ ।’

नेता सिंहले विधानलाई संशोधन गरेर सांगठनिक संरचना बनाउनुपर्ने बताए । उनले संगठन चुस्तदुरुस्त नहुँदा कांग्रेसका संगठनहरू कमजोर भएको बताए । सिंहले भने, ‘उहाँले जिम्मेवारी बहन गर्न नसकेपछि पदमा बसिरहन मिल्छ ?’ 

देउवाले कुनै पनि काम गर्न नसकेको उनको आरोप थियो । ‘तरुण दल, महिला संघ, नेविसंघ कहाँ छ कहाँ ?’, उनले भने, ‘प्रकाशमानले सधै शेरबहादुरको विरोध गर्छ भन्छन् । काम नगरेपछि आलोचना त हुन्छ ।’

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC