घटना क्रम
बीबीसी । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘भ्रष्टाचारको औजार’ को संज्ञा दिएका छन् । मेघालयको शिलान्गमा पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस अध्यक्ष गान्धीले मोदी स्वयम् भष्टाचारी भएको दाबी गरेका हुन् ।
“प्रधानमन्त्री मोदी भ्रष्टाचारको विरुद्ध छैन्न, उनी स्वयम् भ्रष्टाचारी हुन् र उनी भ्रष्टाचारको औजार हुन् भनेर कांग्रेस पार्टी लामो समयबाट भन्दै आएको छ,’’ उनले भने । अध्यक्ष गान्धीले प्रधानमन्त्री मोदीले जनताको सम्पत्ति केही व्यक्तिहरुलाई बाँडेको आरोपसमेत लगाए ।
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४ ०१:४९
प्रतिक्रिया दिनुहोस्