site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
अभिनेता कमल हासनद्वारा पार्टी गठनको घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेता कमल हासनले आफ्नो पार्टी ‘मक्कल नीधि मय्यम’ को गठन गरेको घोषणा गरेका छन् । उनले पार्टीको झण्डा पनि अनावरण गरेका छन् । उनको पार्टीको झण्डा एकताको शक्तिको प्रतीक हो । पार्टीको नामको अर्थ हो ‘जन न्यायका केन्द्र’ । 

पार्टीको नाम घोषणाभन्दा केही अघि हासनले भने, ‘‘म तपाईको नेता होइन् ...तपाईको माध्यम हुँ ...यो सभामा सबै नेता छन् ।’’ पार्टीको नाम घोषणा अघि  झण्डा अनावरण गरिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

हासनले पार्टीको गठन जनताको शासनको दिशामा पहिलो कदम भएको बताएका छन् । पार्टी घोषणा कार्यक्रममा अरविंद केजरीवालका साथै आम आदमी पार्टीका वरिष्ठ नेता सोमनाथ भारती, किसान नेता पी आर पांडियान पनि उपस्थित थिए । 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तमिलनाडुका जनतासँग कमल हासनको पार्टीलाई मतदान गरेर कथित ‘भ्रष्ट’ दलहरु अन्नाद्रमुक तथा द्रमुकलाई पराजित गर्न आग्रह समेत गरेका छन् ।  

Global Ime bank

पार्टी गठनको घोषणा अघि अभिनेता हासन रामेश्वरमस्तिथ भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको घर गएर आर्शिवाद लिएका थिए । हासनले पूर्व राष्ट्रपति कलामले अध्ययन गरेको विद्यालयमा पनि जाने भनिएपनि जिल्ला प्रशासनले भ्रमण राजनीतिक प्रकृतिको भन्दै अनुमति नदिएको बताइएको वेब दुनियाले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  ०५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC