site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रपति चयनका लागि फागुन २९ गते मतदान, २३ गते मनोनयन 
Ghorahi CementGhorahi Cement

काठमाडौं  । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन २०७४ फागुन २९ गते सम्पन्न गर्ने निर्णय गरेको छ ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।

“आयोगको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा (२) को व्यवस्था बमोजिम यहि फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने गरी निर्वाचनको मिति तोकेको हो,” निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले विज्ञप्ति जारी गर्दै भनेका छन्, “बैठकले राष्ट्रपति निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । उक्त मिति तय गर्नुपूर्व आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग आवश्यक परामर्श र छलफल गर्नुभएको थियो ।”

Agni Group

निर्वाचन आयोगका अनुसार फागुन २९ गते मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रपति चयनका लागि मतदानको समय तोकिएको छ । निर्वाचन कार्यतालिका  अनुसार फागुन २३ गते मनोनयन दर्ताको समय तय गरिएको छ ।

यस्तो छ कार्यतालिका 

Global Ime bank

\"\"

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC