site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जग्गा प्लटिङका कारण दाङमा तोरी उत्पादन घट्दै
Sarbottam CementSarbottam Cement

दाङ । कुनै समय तोरी बालीको लागि प्रख्यात दाङमा पछिल्लो समयमा उत्पादन घट्दो क्रममा छ । किसानले खेतबारीमा प्रशस्त तोरी खेती गर्ने गरेका थिए । यहाँको तोरी अन्य जिल्लामा बिक्री हुन्थ्यो । दाङको तोरीको तेल नेपालमै प्रचलित थियो । तर, पछिल्लो समयमा दाङ तोरी उत्पादनमा परनिर्भर भएको कृषि विकास कार्यालयले जनाएको छ ।

“पहिले तोरीको तेल कपालमा लगाउने चलन थियो । यहाँको तोरीको तेल विदेशमा समेत निर्यात हुने गरेको थियो । पछिल्लो समयमा स्थानीयवासीले तरकारीमा प्रयोग गर्ने तोरीको तेलको साटो सूर्यमुखी र सोयाबिनको प्रयोग गर्न थालेका छन्,” स्थानीय यज्ञबहादुर थापाले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

राधा कृष्ण तेलमिल सञ्चालन गर्दै आएका केशव सापकोटाले तोरी उत्पादन घट्दै गएको बताए । स्थानीयवासीले सस्तो मूल्य खोज्ने भएका कारणले भारतको तेल बढी मात्रामा प्रयोग हुने गरेको उनको भनाइ छ । मिलमा तोरी पेल्न र तेल किन्न आउनेको संख्या घट्दै गएको उनले बताए । 

जिल्ला कृषि विकास कार्यालयले विभिन्न कारणले तोरी उत्पादन घट्दै गएको जनाएको छ । तोरी खेती घट्दै गएको कार्यालयमा सूचना अधिकारी भरतमणि पोख्रेलले बताए । गत वर्ष १८ हजार हेक्टरमा गरिएको तोरी खेतीबाट १९ हजार २८२ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष २१ हजार मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ ।

Global Ime bank

तोरी उत्पादन घट्नुमा जग्गा पल्टिङ, प्राङ्गारिक मल र सिँचाइको समस्या मुख्य रहेको बाली संरक्षण अधिकृत पीताम्बर बस्नेतले बताए । दाङमा तोरी खेती गर्ने जग्गा प्लटिङ हुनु, माटो बिग्रिनु र असन्तुलित रासायनिक मलको प्रयोग गर्नाले तोरीको उत्पादन घट्दै गएको उनको भनाइ छ । कार्यालयले किसानलाई तोरी उत्पादन बढाउन उन्नत बीउ वितरण गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC