site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
मोबाइल चार्जमै राखेर इयरफोन लगाउँदा करेन्ट लागेर युवतीको मृत्यु !
Sarbottam CementSarbottam Cement

एजेन्सी ।  ब्राजिलकी एक १७ वर्षीया विद्यार्थीको मोबाइल चार्ज गर्दैगर्दा कानमा इयरफोन लगाउँदा करेन्ट लागेर मृत्यु भएको बताइएको छ । लुइजा पीहेइरो नाम गरेकी युवतीलाई भुइँमा अचेत अवस्थामा लडिरहेको भेट्टाएपछि परिवारले उनलाई तुरुन्तै अस्पताल पुर्याएको डेलीमेलले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

ब्राजिलको राइको फ्रीओमा बस्ने लुइजालाई आइतबार अस्पताल पुर्याइएपनि चिकित्सकहरुले उनको ज्यान बचाउन नसकेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनकी हजुरआमाले चिकित्सकलाई बताएअनुसार उनी लड्दा उनको कानमा इयरफोन टाँसिएको थियो भने चार्ज भइरहेको उनको फोन पूर्ण रुपमा नष्ट भएको बताइएको छ । आफन्तहरुले उनको करेन्ट लागेरै मृत्यु भएको दाबी गरिरहेको स्थानीय सञ्चार माध्यमले बताएका हुन् ।

उनले चार्ज गर्दै फोन चलाउँदा फोनको केही भाग पग्लिएपछि इयरफोनमार्फत उनलाई करेन्ट लागेको हुन सक्ने अनुमान गरिएको छ । 

Global Ime bank

उनलाई करेन्ट लागेको एक घण्टापछि मात्र चिकित्सककहाँ पुर्याइएको घटनापछि अस्पतालले खुलासा गरेको हो । उनलाई करेन्ट लागेको समयमा पानी परेको थिएन तर आकाशमा नजिकै कतैतिर बिजुली चम्किरहेको बताइएको छ ।

उनलाई के कसरी करेन्ट लाग्यो भन्नेबारे थप अनुसन्धान भइरहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै डेलीमेलले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC