site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०७४ को अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव— २०७४’ को आयोजना गर्यो । 

संसारभर छ हजारभन्दा बढी भाषा रहेको र २१ औँ शताब्दीसम्म आइपुग्दा आधा भाषा अर्थात तीन हजारभन्दा बढी भाषा लोप हुने स्थितिमा पुगेको छ । नेपालमा कुल १२३ भाषा छन् । राज्यको संरक्षण नपाएको तथा स्थानीय जनजातिले पनि बेवास्ता गरेका कारण कतिपय भाषा लोप हुने अवस्थामा पुगेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा नेपाल, मैथली, खस, दुमी, तामाङ, धिमाल गरी ३६ भाषाका ४४ कवि तथा कवयत्रीले कविता वाचन गरेका थिए । डेउडा, नेवारी, भोजपुरी, मैथली, धिमालजस्ता नृत्य पनि कार्यक्रममा देखाइएको थियो । 

सो अवसरमा भाषाशास्त्री प्रा डा नबलकिशोर राईले मुलुकमा रहेको विभिन्न भाषा र संस्कृति नेपालको सम्पत्ति भएको उल्लेख गर्दै त्यसलाई भावी सन्ततिसम्म जीवन्त राख्नका लागि राज्य र सम्बन्धित समुदायले विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।  

Global Ime bank

सो महोत्सवका संयोजक श्रवण मुकारुङले मातृ भाषा तथा साहित्यको विकासमा परापूर्वकालदेखि नै कवितालाई शक्तिशाली विधा मानिएको र कवितामार्फत नै भाषाको विकास तथा परिमार्जन हुँदै आजको स्थितिमा आइपुगेको छ भने ।  

उनले विभिन्न भाषाका ४४ कविता महोत्सवका लागि छनोट भएको पनि जानकारी दिए ।  

प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेले नेपाल प्रज्ञा–प्रतिष्ठानले देशमा रहेका विभिन्न मातृभाषाको संरक्षणका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए ।  रासस
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०७४  १९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC