site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रचण्डले भने ओली पाँच वर्षका लागि प्रधानमन्त्री
Ghorahi CementGhorahi Cement

द्विअध्यक्षात्मक दल नेपाल कम्युनिष्ट पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पाँच वर्षकै लागि प्रधानमन्त्री हुने घोषणा गरेका छन् । विसं २०७४ साल असोजमा नेपाली कांग्रेसको सरकारमा हुँदाहुँदै विपक्षी दलसँग चुनावी तालमेल गरेर कम्युनिस्ट गठबन्धनका रूपमा प्रदेश सभा र प्रतिनिधि सभामा करिब करिब दुई तिहाई बहुमत ल्याउन सफल एमाले र माओवादी केन्द्रले अब नेपाल कम्युनिस्ट पार्टी हुने घोषणा गरेका छन् ।

एउटै दल र दुई अध्यक्ष भएपछि प्रधानमन्त्रीमा पनि आलोपालो भन्ने हल्ला चलिरहेको अवस्थामा दाहालले ओली पाँच वर्षका लागि प्रधानमन्त्री हुने भनेर द्विविधा हटाएका छन् । केही समय पहिले चितवनको एक कार्यक्रममा आफू फेरि पनि प्रधानमन्त्री भएर चितवन आउने घोषणा गरेका दाहालले हिजो एउटा कार्यक्रममा आउँदो पाँच वर्षका लागि केपी ओली नै देशको प्रधानमन्त्री बन्ने घोषणा गरेर एकता मजबुत भएको सन्देश दिन खोजेका छन् । पार्टीको महाधिवेशनसम्म पालैपालो बैठकको अध्यक्षता गर्ने र महाधिवेशनपश्चात् प्रधानमन्त्रीको विषय पनि टुंग्याइने पनि दाहालले आफ्ना गृह जिल्लाका शुभेच्छुकलाई बताएका छन् ।

औपचारिकरूपमा अझै पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष रहेका दाहालको भनाइअनुसार दुई दलबीच एकताको सहमतिसँगै एकताका विषयमा दुई कार्यदल बनेको र त्यो कार्यदलले एक साताभित्र प्रतिवेदन दिएपछि संयुक्त बैठक राखी पुराना केन्द्रीय समिति भंग गरेर नयाँ समिति बनाइने पनि कान्तिपुरको समाचारमा लेखिएको छ । 

Agni Group

ओली पाँच वर्ष प्रधानमन्त्री बन्ने भन्ने दाहालको उद्घोषलाई हिमालय टाइम्सले मुख्य समाचारका रूपमा प्रकाशित गरेको छ भने राजधानीले पनि फोटो मुनिको ठूलै समाचार बनाएको छ । 

पहिलोपल्ट कम्युनिस्टको एकमना बहुमतको सरकार

Global Ime bank

वि.सं. २०४६ सालमा खुला राजनीतिमा आएको नेकपा (एमाले) र २०६३ सालदेखि खुला राजनीतिमा आएको नेकपा (माओवादी केन्द्र) दुवै गरेर अहिलेसम्म छ जना नेता आठपटक प्रधानमन्त्री भएका छन् । वि.सं. २०४८ र २०५६ सालमा नेपाली कांग्रेसले पूर्ण बहुमतको एकमना सरकार बनाएपछि अहिले बिनागठबन्धनको पहिलो कम्युनिस्ट सरकार बन्दै गरेको समाचारलाई नागरिकले मुख्य समाचार बनाएको छ । 

नयाँ पत्रिकाले केन्द्रमा १५ मन्त्रालय राख्ने प्रस्ताव संशोधन गरेर १८ मन्त्रालय बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगिने समाचारलाई मुख्य समाचार बनाएको छ । साथै नयाँ पत्रिकाले ओली नेतृत्वको मन्त्रिपरिषद् विस्तार आज गरिने पनि उल्लेख गरेकोे छ । आज मन्त्रिपरिषद् विस्तार हुने समाचार हिमालय टाइम्स, नागरिकले पनि दिएका छन् । कान्तिपुरले पनि मन्त्री परिषद् विस्तारको तयारी भन्दै मुख्य फोटो मुनि ठूलो समाचार प्रकाशित गरेको छ । कान्तिपुरले मन्त्रीको संख्या २० भन्दा धेरै नहुने विषयमा पनि विशेष जोड दिएको छ । साथै मन्त्री बन्न दुवै पार्टीमा दौडधुप भइरहेको कुरा पनि कान्तिपुरको समाचारमा समाहित छ । 

राष्ट्रिय सभामा मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मन्त्रिपरिषद्ले राष्ट्रिय सभाका तीन सदस्यका लागि सिफारिस गरेको नाम राष्ट्रपतिले फिर्ता वा स्वीकृत नगरी राखेकै अवस्थामा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद्ले सिफारिस गर्नेबित्तिकै राष्ट्रपतिले तुरुन्तै मनोनयन गरेको विषय पनि आजका अखवारका मुख्य समाचार बनेको छ । हिमालय टाइम्सले ‘राष्ट्रपतिबाट फटाफट निर्णय’ शीर्षक दिएर चार कोलमको उपल्लो समाचार बनाएको छ । मन्त्रिपरिषद्ले डा. युवराज खतिवडा, रामनारायण बिडारी तथा विमला पौडेलको नाम राष्ट्रिय सभामा मनोनयनका लागि सिफारिस गरेर पठाएको थियो । यो नाम मनोनयनको समाचारलाई पाँच कोलममा गोरखापत्रले प्रकाशित गरेको छ । साथै गोरखापत्रले यो सिफारिस र मनोनयनलाई नेपाली कांग्रेसले आपत्ति गरेको छ भन्ने समाचारलाई पनि महत्त्वका साथ सहायक शीर्षक दिएर प्रकाशित गरेको छ । राजधानीले पनि पुरानो सिफारिस फिर्ता लिइए लगत्तै नयाँ मनोनयन भएको समाचार प्रकाशित गरेको छ भने नेपाली कांग्रेसले राष्ट्रपतिबाट संविधान उल्लंघन भएको आरोप लगाएको समाचारलाई पनि बक्स बनाएको छ । 

आजका विचार र दृष्टिकोण

आजका दैनिक पत्रिकाको विचार पृष्ठमा प्रकाशित सामग्रीमध्ये प्राध्यापक लोकराज बरालको कान्तिपुरमा प्रकाशित लेख उल्लेख्य छ । हार्वर्डका दुई प्राध्यापकले किन लोकतन्त्र टिक्दैनन् भन्ने विषयमा लेखेको पुस्तकको प्रसंगबाट सुरु गरिएको लेखमा नेपालमा नाममा एमालेले लेनिनवाद वा माओवादीले माओवाद राख्नुको कुनै तुक नभएको तर्क गरिएको छ । दुवैले नाममा माक्र्सवादसम्म राख्न मिल्ने भन्दै लोकतन्त्र भाषण र कागजमा सीमित हुने हो भने यसको भविष्य नदेखिने धारणा व्यक्त गरेका छन् । 

नागरिक दैनिकले पुरुषोत्तम दाहालको विचारलाई मुख्य लेखको रुपमा प्रकाशित गरेको छ । नाकाबन्दीको बेलामा ओलीले आफूलाई सही गलत जे भए पनि जुनरूपमा प्रस्तुत गरेका थिए र नेपाली जनता सामु जस्तो दृढता प्रकट गरेका थिए जनतामा अहिले पनि त्यस्तै अपेक्षा छ भन्ने दाहालको धारणा लेखमा व्यक्त भएको छ । अन्नपूर्ण पोस्टमा सुनिल मानन्धरको लेख प्रकाशित भएको छ जसमा सात बुँदे सहमतिपश्चात जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवाद कार्यक्रम पूरा भएको र अब नयाँ कार्यक्रम चाहिएको तर्क गरिएको छ । 

नयाँ पत्रिकाले नेपाली कांग्रेसमा ‘नेतृत्व परिवर्तनको एजेन्डा’ शीर्षकमा डा. नारायण खड्काको लेख प्रकाशित गरेको छ । यस लेखमा सभापतिले पद छाड्दैमा समस्या आफसे आफ समाधान हुन नसक्ने तर्क गर्दै उनले देउवाको समर्थन लेखमार्फत् गरेका छन् । 

सम्पादकीय

कान्तिपुरले ‘वाम एकताको अर्थ’ शीर्षकमा लेखेको सम्पादकीयमा एकता ऐतिहासिक भएको र यसबाट चुनावमा जानुअघि गरिएको वाचा पनि पूरा हुने र जनमतको सम्मान पनि हुने धारणा प्रकट गरेको छ । अब यो एकीकृत दलको जिम्मेवारी सुशासन, विकास निर्माण र समृद्धिको जनआकांक्षा पूरा गर्नु पनि हुनेछ भन्ने कान्तिपुरको चाहना देखिन्छ । अन्नपूर्ण पोस्टले पनि यही विषयमा सम्पादकीय लेखेको छ । पोस्टले यो एकताको खास सार्थकता मुलुकले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटो समोतपछि सिद्ध हुन्छ भनेको छ । त्यस्तै हिमालय टाइम्सले दिगो एकताको आवश्यकतामा सम्पादकीय लेख्दै केन्द्रदेखि तल्लो तहसम्मको एकता हुनुपर्ने तर्क गरेको छ । 

नयाँ पत्रिकाले एमाले–माओवादी एकता प्रयास लोकतान्त्रिक आन्दोलनको लामो कालखण्डमा कम्युनिस्ट पार्टीहरूले गरेको संगठन, संघर्ष र जनपरिचालनको समुच्च परिणाम भएको धारणा प्रकट गरेको छ । गोरखापत्रले एकीकरण पश्चात धेरै चुनौती भएको र आर्थिक समृद्धि भए एकीकरणको सही अर्थ हुने विचार पेस गरेको छ । त्यस्तै राजधानीले कम्युनिस्ट एकतापछि अब एकता दीर्घकालीन बनाउन माओवादी कार्यकर्तामा आउनसक्ने निराशाको व्यवस्थापनमा ध्यान पु¥याउनुपर्नेमा जोड दिएको छ ।

नागरिक दैनिकले राजधानीलाई स्वच्छ र स्वस्थ बनाउन निकै मेहनत गर्नुपर्ने विषयमा सबैको ध्यान आकृष्ट गर्दै सम्पादकीय लेखेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०७४  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC