site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बिहार सरकारले परीक्षामा किन जुत्ता–मोजामाथि प्रतिवन्ध लगायो ?
Ghorahi CementGhorahi Cement

बीबीसी । भारतको बिहार राज्यमा बुधबारबाट म्याट्रिक अर्थात कक्षा १० को परीक्षा सुरु हुन गइरहेको छ । नौ दिनसम्म चल्ने परीक्षा राज्य सरकारका लागि प्रतिष्ठाको विषय बनेको छ । 

केही वर्ष अघि परीक्षामा नक्कल चोर्नका लागि विद्यार्थीहरु परीक्षा केन्द्रका झ्यालहरुमा चढेको र परीक्षा केन्द्र बाहिर ठूलो भिडभाड जमा भएको तस्विर सार्वजनिक हुँदा बिहार सरकारको स्वदेश–विदेशमा बेइज्जत भएको थियो । यस्तै परीक्षाका फर्जी उत्कृष्ठहरुका कारण बिहार सरकारको बाँकी रहको इज्जत पनि गुमेको थियो ।  

Agni Group

बिहारमा भ्रष्टाचार र बाहुबलको भरमा बोर्ड परीक्षामा फर्जी ‘टपर’ बनाउने र परीक्षाभन्दा अगावै प्रश्नपत्र ‘लीक’ हुने गरेको विषयले सञ्चार माध्यममा चर्चा कमाएको थियो । 

यसै कारण बिहार सरकारले यस पटक आफ्नो छवि बिग्रन नदिन कडाईका साथ  म्याट्रिक परीक्षा सम्पन्न गर्ने निर्णय गरेको छ । बिहार विद्यालय परीक्षा समितिले म्याट्रिकका परीक्षार्थी जुता–मोजा लगाएर परीक्षा भवनमा प्रवेश गर्न नदिने निर्णय गरेको छ । 

Global Ime bank

सरकारी आदेशानुसार परीक्षार्थीहरुले चप्पल लगाएर परीक्षा केन्द्रमा प्रवेश गर्न पाउने भएका छन् । यस वर्षको कक्षा १० को परीक्षामा बिहार राज्यका १७.७० लाख परीक्षार्थी सहभागि हुने भएका छन् । 

राज्य सरकारले यो परीक्षालाई सबैभन्दा ‘ठूलो इभेन्ट’ का रुपमा लिँदै आएको छ । सरकारले सबै ३८ जिल्लाका प्रशासन र प्रहरीको शक्ति परीक्षा सफलतापूर्वक सम्पन्न गर्नमा लगाउने गर्दछ । 

साभारः बीबीसी हिन्दीबाट 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०७४  ०५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC